• २०८१ बैशाख ८ शनिबार

एसिड पिडितको भूमिकामा दीपिका, यस्तो आयो ट्रेलर

kharibot

मुम्बई । बलिवुड अभिनेत्री दीपिका पदुकोनेको एक बर्षपछि नयाँ फिल्म 'छपाक' को ट्रेलर सार्वजनिक भएको छ ।

मेघना गुल्जारको निर्देशनमा बन्न लागेको फिल्म छपाकमा दीपिकाले एसिड पिडित महिला लक्ष्मी अग्रवालको भूमिका निभाएकी छन् । यस फिल्मका लागि एसिड आक्रमण भएकी लक्ष्मी अग्रवालको जीवनीमा आधारित यो फिल्मको ट्रेलर निकै दर्दनाक देखिएको छ ।

सन् २०१५ को अप्रिल २२ मा १५ बर्षको उमेरमा एक युवकले लक्ष्मीलाई तेजाव फ्याकेका थिए । युवकले लक्ष्मीलाई विवाहको प्रस्ताव राख्दा लक्ष्मीले अश्विकार गरेपछि युवकले लक्ष्मीमाथि तेजाव फ्याकेका थिए ।

तिनै लक्ष्मीको जीवनीमा आधारित फिल्म छपक २०२० जनवरी १० मा रिलिज हुदै छ । छपाक फिल्मबाट दीपिका निर्माताको रुपमा पनि आउदै छन् । दीपिकाको ब्यानर केए इन्टरटेनमेन्ट, फक्स स्टार र मेघना गुल्जारले मिलेर निर्माण गर्दै छन् ।

फिल्ममा दीपिकाका अलावा विक्रान्त मासी, रोहित सुख्वानीलगायतका कलाकारले अभिनय गरेका छन् ।  
          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै