• २०८१ बैशाख ८ शनिबार

रसियालाई चार बर्ष अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध, ओलम्पिक र विश्वकप गुमाउने 

kharibot

काठमाडौँ । विश्व एन्टी डोपिङ एजेन्सी वाडाले रसियालाई चार बर्षका लागि सबै खाले अन्तर्राष्ट्रिय खेलबाट प्रतिबन्ध लगाएको छ ।

वाडाको यो प्रतिबन्धपछि रसिया २०२० को ओलम्पिक र २०२२ को विश्वकप फुटबल खेल्न नपाउने भएको छ ।

वाडाले २०२० मा हुने युरोकप फुटबलमा भने खेल्न पाउने भएको छ । युरोकपकाल आगी रसिया छनौट भइसकेको छ ।

वाडाको कार्यकारी समितिको बैठकले रसियाले ल्याब टेस्टका डाटामा छेडछाड गरेको आरोप लगाएको छ ।

वाडाले रसियाले नक्कली प्रमाण पेस गरेको र डोपिङ टेस्टका प्रमाण हटाएको पाइएको भन्दै प्रतिबन्ध लगाएको बताएको छ ।

वाडाले रसियालाई खेलकुद अदालतमा अपिल गर्न २१ दिनको समय दिएको छ ।             
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै