पोखरा । जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा अहिले नेपाल र भारत खेलिरहेका छन् ।
पहिलो हाफको खेल सकिदा नेपाल १-० ले पछाडी परेको छ । पोखरा रंगशालामा भइरहेको खेलमा भारतका लागि खेलको १८औँ मिनेटमा बाला देवीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी हुन् ।
यस अघि भएका सागका दुई फाइनलमा भारतले फाइनलमा नेपाललाई पराजित गरेको थियो ।