• २०८१ बैशाख ८ शनिबार

पुर्व प्रधानमन्त्री नेपाल र भारतीय राजदूत पुरीबीच भेटवार्ता

kharibot

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच भेटवार्ता भएको छ ।

नेकपाका विदेश मामला विभाग प्रमुखसमेत रहेका नेता नेपाललाई भेट्न पुरी कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । भेटमा राजदूत पुरीले आफ्नो नेपाल बसाइ पूरा हुन लागेको र यसबीचमा आफ्ना कार्यकालको चर्चा गरेका थिए ।

नेता नेपाल र राजदूत पुरीबीच नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । भेटमा भारतले जारी गरेको पछिल्लो राजनीतिक नक्सा र सीमामा देखिएको विवाद समाधान गर्ने विषयमा पनि नेता नेपाल र भारतीय राजदूत पुरीबीच अनौपचारिक छलफल भएको थियो ।

भारतले जारी गरेको नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी सभावेश गरेपछि नेपालमा चर्को विरोध जारी रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै