• २०८१ बैशाख १३ बिहीबार

साग महिला फुटबल : नेपाललाई भारतसँग बदला लिने मौका 

kharibot

काठमाडौँ । जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले स्वर्ण पदकका लागि आज भारतसँग प्रतिष्पर्धा गर्दै छ । पोखरा रंगशालामा हुने यो खेलमा नेपालले घरेलु मैदानको फाइदा उठाउदै स्वर्ण पदक जित्ने अपेक्षा गर्न सकिन्छ ।

नेपाल यस अघि समुह चरणमा भारतसँग १-० ले पराजित भएको थियो । त्यस्तै नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो भने माल्दिभ्सलाई ३-० ले पराजित गरेको थियो । यता भारत भने अपराजित हुदै फाइनलमा पुगेको छ । भारतले नेपालविरुद्ध १-० को झिनो जित हासिल गरे पनि श्रीलंकाविरुद्ध ६-० र माल्दिभ्सविरुद्ध ५-० को जित हासिल गर्दै फाइनलमा पुगेको हो ।

यस अघि सागमा दुई पटक महिला फुटबल भएका छन् जसमा भारतले नै स्वर्ण पदक जितेको छ । सन् २०१० मा ढाकामा र २०१६ मा भारतको गुहाटीमा भारतले नेपाललाई पराजित गरेर स्वर्ण पदक जितेको थियो । २०१० मा नेपाल फाइनलमा ३-१ गोल अन्तरले पराजित भएको थियो भने २०१६ मा २-१ गोल अन्तरले पराजित भएको थियो ।

अब अहिले घरेलु मैदानमा नेपाललाई भारतसँग दुवै फाइनल हारको बदला लिने सुनौलो अवसर प्राप्त भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै