• २०८१ बैशाख ७ शुक्रबार

संसारको सबै बिजुली ठप्प भयो भने...

kharibot

मानव जीवन सजिलो बनाउनको लागि संसारमा जति पनि वैज्ञानिक आविस्कार भएका छन् ती मध्य सबैभन्दा महत्वपुर्ण छ बिजुली, यो आधुनिक जीवनको लाइफलाइन हो । बिजुलीको बिना जीवनको कल्पना असम्भव छ यदि घरको बत्ती जाने हो भने सबै काम ठप्प हुन्छ यस्तो लाग्छ कि जिन्दगि नै रोकिएको जस्तो ।

पुरै देशको बत्ति गयो भने कस्तो हाहाकार हुन्छ ।  यस्तो घटना भर्खरै ल्याटिन अमेरिकाको भिनेजुएलामा भएको छ ।  

भेनेजुएलामा यस वर्ष मार्च महिनामा अचानक पूरै देशको पावर सप्लाई बन्द भएको हो । पूरै देशमा अन्धकार छायो । अचानक पैदा भएको यस्तो स्थितिको लागि देश पहिले देखि तयार थिएन ।  

बिजली आपूर्ति रोकिने बित्तिकै, सबैतिर हाहाकार मच्चियो । सबै भन्दा धेरै समस्या त अस्पतालले बेहोर्नु पर्यो । इमरजेन्सीको लागि रहेको जेनरेटर या पावर बैंक सबै प्रयोग गरेर सकिसकेको थियो । 

डाक्टरहरु मोबाइलको टर्च बालेर अपरेशन गरे । आईसीयूमा मेशिनहरु सब बन्द भएका र भेन्टिलेटरमा भएका बिरामीलाई हातको माध्यमबाट पम्प गरेर सास दिनुपर्ने अवस्था सिर्जना भयो ।   

बिरामीको हालत अझ कमजोर बन्दै गएको कारण डाक्टरहरु केहि गर्न नसकेर लाचार भएका थिए । सबै बिरामीहरु आफ्नो आँखा अगाडी मर्दै थिए तर पनि उनीहरुले केहि गर्न सकेनन् ।  

पाँच दिन सम्म भेनेजुएलामा बिजुली नभएको कारण २६ जनाले ज्यान गुमाए । मानिसहरुको लागि मृत्यु बनेर आएको थियो भेनेजुएलाको ब्ल्याकआउट । 

बिजुली आपूर्ति संकटको क्रममा स्वास्थ्य सेवाको डाटा संकलन गरेका डाक्टरहरुको अनुसार, "उक्त समयमा जतिपनि बिरामीको मृत्यु भयो, ती मध्य प्रायजसो डायलिसिसमा थिए । यदि बिजुली भएको भए मेशिन चालु हुन्थ्यो र उनीहरुको ज्यान बचाउन सकिन्थ्यो ।"  

भेनेजुएलाको त्यस पावर ब्लायकआउटको असर अस्पतालमा मात्र सिमित रहेन, ठुला भवनमा बस्ने मानिसले पनि उत्तिकै समस्या भोग्नुपर्यो । लिफ्ट ठप्प भएको कारण सबैभन्दा धेरै देशको जेस्ठ नागरिक र बालबालिकालाई समस्या पारेको थियो। 

फ्रिज सबै बन्द भएका कारण कतिपय खाद्यवस्तु पूर्णरुपमा कुहियो र खान लायक रहेन । मोबाइल तथा कम्प्युटरको ब्याट्री सकिएको कारण मानिसहरु सम्पर्कबिहिन भए। ट्राफिक लाइट सबै बन्द भएको कारण ट्राफिक जामले सडकमा हाहाकार मच्चियो । पानि तान्नको लागि मोटर पम्प चलेको थिएन सबै मानिसहरु पनि लिन नजिकको खोला तथा झरनामा जान बाध्य थिए। 

भेनेजुएलाले यो वर्ष धेरै पटक पावर कटको सामाना गर्नु पारेको थियो। सेन्ट्रल यूनिभर्सिटी अफ भेनेज़ुएलाको जुलिओ कास्त्रोको अनुसार, "यदी कुनै अस्पतालमा चार घण्टाको लागि बत्ति गयो भने त्यो सामान्य कुरा होइन, सबै भन्दा धेरै पानीको अभाव हुन्छ। "

अस्पतालले बिजुली कटौतीको दिन बिरामीलाई घरबाट पानि बोकेर ल्याउन भने।  भेनेजुएला दक्षिणी अमरीकाको एक यस्तो देश हो, जहाँ प्राकृतिक तेल भरिपुर्ण छ।  तर पनि त्यहाँको जनता बिजुली जस्तो आधारभूत आवस्यकताको बस्तुको समेत अभाव छ। तर भेनेजुएलाको सरकारले भने उक्त घटनालाई आतंकवादी हमलाको संज्ञा दियो। देशमा रहेको पुरानो बिजुलीको ग्रिडको कारण पावर सप्लाई बन्द भएको हो र किनकि त्यसको कहिलेपनि नयाँ ग्रिड लगाउने वा त्यसको मर्मत हुने कार्य भएन। 

लामो समय र ठुलो मात्रामा बिजुली आपूर्ति सप्लाई ठप्प हुनुलाई अंग्रेजीमा 'ब्ल्याक स्काई इभेन्ट' भनिन्छ। बिजुलीको टावर खराब भएको र वायरिंग पुरानो भएको वा भण्डारण राम्रोसंग नभएको देशहरुमा यस्तो स्थिति हुने गर्दछ । 

अमेरिका तथा क्यानाडा जस्तो विकशित देशहरुमा पनि धेरै पटक लामो समय सम्म बिजुली आपूर्ति बन्द भएर यस्तो ब्ल्याक आउट भएको छ। तर यी देशमा  प्राय प्राकृतिक प्रकोपका कारण यस्तो स्थितिको सामना गर्नु परेको हो 

यसै वर्षको जून महिनामा ल्याटिन अमेरिकाको उरुग्वे, अर्जेन्टीना र पराग्वेमा बजुली गएको कारण चार करोड मानिसहरु अँध्यारोमा बस्न बाध्य भए। 

यसै गरि अगस्ट महिनामा ब्रिटेनमा करिव दश लाख मानिसलाई अँध्यारोमा बस्नुपर्यो। ट्रेनमा यात्रा गरिरहेका मानिसहरु त्यही फसे र सडकमा ट्राफिकको बेहाल भयो। ग्यास, पावर प्लान्ट र विन्ड पावर एकै साथ् बन्द भएर सबैलाई सास्ती भयो । 

अहिले पावर कटको यस्तो घटना निकै कम भएको छ। तर बढ्दो जनसंख्या संगै बिजुलीको माग पनि बढिरहेको छ र यस्तोमा ब्ल्याक आउट सामान्य हुन्छ। कतिपय ठाउँमा वाइन्ड मिल र सोलार उर्जा विकल्पको रुपमा प्रयोग हुन थालेको छ। 

जलवायु परिवर्तनको कारण यी विकल्पको पनि पुरै भर पर्न सकिदैन। यो संसार सबैमा इन्टरडिपेन्डेन्ट छ, अहिले सबै कामहरु कम्पुटरको माध्यमबाट हुन्छ र कम्प्युटर बिजुली बाट, बिजुली बन्द भयो भने यसको असार पर सम्म पर्न जान्छ। 

पावर ग्रिडमा हुन सक्ने खतराको निगरानी गर्ने अंतरराष्ट्रीय संस्था, द इलेक्ट्रिक इन्फ़्रास्ट्रक्चर सिक्योरिटी काउन्सिलले ब्ल्याक स्काई इभेन्टको धेरै कारण हुन सक्ने वताएको छ। यसको अनुसार साइबर टेररिस्ट अट्याक वा सुनियोजित रणनिति बाट कुनै पावर स्टेशन वा ग्रिडलाई खराब गर्न सकिन्छ

यस बाहेक ठुला आंधीहुरी, भूकम्प र वर्षा जस्तो प्राकृतिक कारणले पनि  बिजुली सप्लाई ठप्प हुन सक्छ । 

अनुसन्धानकर्ता मेलिसा लट भन्छिन्, "पावर ग्रिडलाई मानवीय र प्राकृतिक दुवै प्रकारको खराबीबाट बचाउन र नयाँ प्रविधिले हटाउदै लैजानको लागी धेरै रकम खर्च हुन्छ। "

भारतमा पनि सन् २०१२ मा ब्ल्याक आउट भएको थियो र ६० करोड मानिस दुई दिन सम्म अंध्यारोमा रहे। पुएर्टोरिकोमा समुन्द्री तूफ़ान मारियाको कारण बिजुलीको सप्लाई पुरै बन्द भयो र देश पुरै अँध्यारोमा डुब्यो । 

यसैगरी २०१८ मा जापानमा भुइचालोले होकैडो द्वीपको पचास लाख मानिस बिजुली बिना रहे। यी सबै देशमा प्राकृतिक प्रकोपको कारण बिजुली सप्लाई रोकोएको हो ।

यस्तो घटनाबाट जोगिनकोलागी बिजुलीको सिस्टममा पैसा खर्चिनु आवस्यक छ । 

प्राय बिजुली सप्लाई बन्द हुने यस्तो कारणहरु पहिला नै अनुमान लगाउन सकिन्न जस्तै २००३ मा स्विटज़रल्याण्डमा  एक पावर लाइनमा रुख ढलेर एउटा ठुलो क्षेत्रमा बिजुली बन्द भयो । त्यसको ठिक २४ मिनेट पछि इटलीमा पनि पावर ग्रिडमाथि एउटा रुख ढल्यो, यसरी दुई ठुला ग्रिड बन्द भए । जसको कारण युरोपबाट यिनको सम्पर्क टुट्यो र पुरै इटलीमा अँध्यारो छायो । 

आधुनिक पावर ग्रिड निकै जटिल र एक आपसमा जोडिएका हुन्छन्। कुनैपनि बाधालाई पहिला अड्कल गर्न गार्हो हुन्छ । युरोपियन देशहरुमा प्राय ग्रिड एकापसमा जोडेका हुन्छन् र ती करिब २४ देशमा ४० करोड मानिसलाई बिजुली सप्लाई गर्छन्। अमेरिकामा भने पाँच अलग अलग पावर ग्रिड पुरै देशमा बिजुली सप्लाई गर्छन् । 

नयाँ प्रविधिको कारण ठुलो बिजुली घरहरुमा  कुनै प्रकारको गडबडी पहिले पत्ता लगाउन आर्टिफ़िशियल इन्टेलिजेन्स  राखिएको छ। साथै खास प्रकारको आर्टिफ़िशियल इन्टेलिजेन्स प्रविधि विकसित गरिदै छ जो सबै गडबडी आफै पत्ता लगाएर आफै ठिक गर्छ । 

अमेरीकाको  डिपार्टमेन्ट अफ इनर्जी यसको लागि ७० लाख डलरको आर्थिक सहयोग गरिरहेको छ साथै पावर ग्रिडमा शक्तिशाली ब्याट्री लगाईरहेको छ । यसले सप्लाई बन्द भए पनि ग्रिड जेनेरेटरको काम गर्ने छ। 

रिसर्चर जूलिया मिया भन्छिन्, "जति नै सावधानी अपनाए पनि पावर ग्रिड पुरै तरिकाले ठप्प हुनबाट बचाउन असम्भव छ। तर यस्तो सिस्टम तयार गर्न सकिन्छ कि जब कुनै समस्या आउँछ तब सके सम्म छिटो त्यसलाई  ठिक गर्न सकिन्छ, यसको लागि थुप्रै संथाहरु काम गर्ने थालेका छन्। "

मानिसहरु यस्तो स्थितिको सामना गर्न तयार हुनुपर्छ। जस्तो घरमा इमरजेन्सी लाइट र टर्च ब्यकअपको लागि राख्ने, अतिरिक्त ब्याट्री पनि संगै राख्ने, घरमा पानी सधै स्टोर गरेर राख्ने। बिजुली ठप्प भएको बेलामा बेसिक काम गर्न सजिलो हुन्छ । 

साथै घरमा बिना फ्रिज लामो समय सम्म नबिग्रिने समान राख्नु पर्छ। प्राय घरमा अलिकति पैसा स्टक राख्नु पर्छ, गाडमा सधै इन्धन फुल बनाएर राख्नु पर्छ ताकी आपतकालीन अवस्थामा काम प्रयोग गर्न सकिन्छ । बिजुली जहिले पनि जान सक्छ ।

(बिबिसी फ्युचरबाट)  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै