• २०८१ बैशाख १४ शुक्रबार

साग क्रिकेट : माल्दिभ्समाथि नेपालको फराकिलो जित 

kharibot

फाइल तस्बीर

काठमाडौँ । जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । किर्तिपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ ।

नेपालले दिएको १६४ रनको लक्ष्य पछाएको माल्दिभ्सले २० ओभरमा ६ विकेट गुमाउदै ७९ रन मात्र बनाएपछि नेपालले ८४ रनको फराकिलो जित हासिल गरेको थियो ।

माल्दिभ्सका लागि मोहमद रिशवानले १३, अलि इभानले ११, इब्राहिम हसनले ११ र मोहमद आजमले १६ रन बनाएका थिए । नेपाली बलर सुशान भारी र ललित राजबंशीले २-२ विकेट लिए भने पवन सराफले एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३९ रन बनाए । त्यस्तै बिनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले १९-१९ रन बनाएका थिए । त्यस्तै पारस खड्काले ११, आरिफ सेखले १७, रोहित पौडेलले १०, पवन सराफले शुन्य रन बनाएका थिए ।

त्यस्तै करण केसीले १६ बलमा अविजित ४० रन बनाए भने सुशान भारीले अविजित ६ रन बनाएका थिए ।

माल्दिभ्सका बलरलीम शफीगले ३ विकेट लिए भने अमील मोउरुफले २ तथा उमर एडमले एक विकेट लिए ।

नेपालले जारी सागमा अब तीन खेलमा दुइ जित र एक हार बेहोरेको छ । नेपालको अंक तालिकामा ३ खेलमा ७ अंक भएको छ । अब नेपालले समुह चरणको अन्तिम खेलमा शनिबार बंगलादेशसँग खेल्ने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै