• २०८१ बैशाख ६ बिहीबार

प्रेमगीत-३ मा अनुभव र योगीशाको यस्तो अवतार

kharibot

काठमाडौँ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माणाधिन यस वर्षको प्रतिक्षीत चलचित्र मानिएको ‘प्रेमगीत ३’ का कलाकार अनुभव रेग्मी र गीत क्यारेक्टरकी मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भुमिकामा काम गरेकी योगीशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

चलचित्रको यतिबेला मनाङमा छायांकन भैरहेको छ । 

सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्बृद्धि शाही ठकुरीलगायतका कलाकारको मुख्य अभिनय रहनेछ ।

प्रेमकथामा बन्न लागेको यो फिल्मको रिलिज मिति चैत २८ गते तोकिएको छ । सेन फिल्मस् प्रोडक्सनको व्यानरमा बन्न लागेको फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत छ ।

फिल्म निर्माणमा सन्तोषसँग चक्र बहादुर चन्द, डम्बर विक्रम सेन, कुमार सेन रहेका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै