• २०८१ बैशाख ८ शनिबार

सिद्धबाबालाई ७ दिनको म्याद थप

kharibot

इटहरी । बलात्कार अभियोगमा पक्राउ परेका सिद्धबाबा अर्थात् कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले फेरि ७ दिनको म्याद थप गरेको छ । अनुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि प्रहरीले दोस्रो पटक ७ दिनको म्याद अदालतबाट लिएको हो ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको मुद्दामा छनबिन भइरहेको बाबालाई जिल्ला प्रहरी कार्यलय सुनसरीले १० दिनको म्याद मागेको थियो। तर अदालतले १० दिनको सट्टा ७ दिन मात्र म्याद थप गरेको हो ।  प्रहरीले अहिले उनलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई पक्राउ गरेको थियो । 

पक्राउ परिसकेपछि प्रहरी आफ्नो अनुसन्धानमा बयान लिइरहेको छ । बयानकै क्रममा गिरीको रगत र वीर्यको मद्दतले ‘डीएनए’ परिक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय बिधि बिज्ञान प्रयोगशाला काठमाडौं पठाइसकिएको छ । 

यस्तै करणी भएको भनिएको चतरास्थित महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका पदाधिकारीहरुको प्रहरीले बयान लिइरहेको छ। अनुसन्धान टोलीले प्रतिस्ठानका भान्से, गिरीका पिएसओ ‘बडीगार्ड’ र त्यसदिन उनीसँगै रहेका अन्य अनुयायीको बयान लिएको हो ।

करणीको दाबी गरिएको कात्तिक ४ गते यता र त्यस अगाडि गिरी र आरोप लगाएकी महिलाबीचको टेलिफोन ‘कल डिटेल’ पनि प्रहरीले अध्ययन गरिरहेको बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै