• २०८१ बैशाख ८ शनिबार

राप्रपा अध्यक्ष थापा र क्याटनरबिच भेटबार्ता 

kharibot

वाशिंगटन । वाशिंगटन डिसीमा आज राप्रपा अध्यक्ष कमल थापा र अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनका महासचिव क्रिस्टिन क्याटनरबीच शिष्टाचार भेट भएको छ ।

भेटमा राप्रपा र आईडियु को सम्बन्ध सुदृढ तुल्याउने वारे छलफल भएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । सो अवसरमा सहायक महामन्त्री प्रेम श्रेष्ठ र आमन्त्रित केन्द्रिय सदस्य लोकनाथ तिवारी समेत उपस्थित थिए ।

विहिबारदेखि शुरु भएको सम्मेलन तीन दिन सम्म चल्नेछ । वासिङ्टन डिसीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका ५५ देशका विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा प्रजातन्त्र,वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समिक्षा गरिनुका साथै परम्परागत मुल्य मान्यता र संस्कृतिको सम्बर्द्धनका समेत बिचार विमर्श हुनेछ ।

यसअघि  थापाले बाल्टिमोरमा आयोजित प्रबासी नेपाली एकता समाज अमेरिकाको अधिबेशनको उद्घाटन गर्नुका साथै एनआरएनएद्वारा टेक्सासको ड्यालसमा आयोजित अन्तक्रिर्या कार्यक्रममा समेत सहभागी भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै