• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी ओली आज अपराह्न ३ बजे अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिएको जानकारी दिएका छन् ।

मंसिर १० गते एपेन्डिसाइटिसको अपरेशन गरेका प्रधानमन्त्री ओलीलाई बिहीबार दिउँसो डिस्चार्जपछि प्रधानमन्त्री ओली बालुवाटार प्रस्थान गरेका छन् ।

डिस्चार्ज अघि राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेकी थिइन् ।

ओलीको नौ दिनअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

सेन्टरले बुधबार विज्ञप्ति जारी गरेर ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताएको छ । प्रधानमन्त्री ओलीको पेटमा संक्रमण भएकाले शल्यक्रियापछि पनि लामो समय अस्पतालमा बस्नु परेको चिकित्सकहरुले बताएका छन् । 

चिकित्सकहरूले शल्यक्रिया गरेको घाउ पूर्णरूपमा ठीक भएपछि मिर्गौला प्रत्यारोपणको तयारी थालिने बताएका छन् । ओलीलाई मिर्गौला दिन दुईजनालाई तयारी अवस्थामा राखिएको बताइएको छ ।

नेकपाको बुधबार बसेको सचिवालय बैठकले समेत चिकित्सकको सल्लाहपछि निर्णय लिइने बताएको छ । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'मिर्गौलाको आवश्यकता अनुसार डाइलोसिसको प्रक्रिया पनि जारी रहेको छ । यसपछि के गर्ने भन्ने कुरा  उपचारको प्रक्रियाबाट पूरै निस्केपछि चिकित्सकको परामर्शमा निर्णय लिइने छ ।'

प्रधानमन्त्रीको मिर्गौलाको डाइलोसिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसंग सल्लाह गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै