Skip This

फरार प्रतिवादी तीन वर्षपछि पक्राउ

खरीबोट

दमौली । सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा  तनहुँ, म्याग्दे गाउँपालिका–३ बस्ने ३४ वर्षीय थमन भुजेल  छन् ।

विसं २०७३ कात्तिक १७ गते पृथ्वीराजमार्गस्थित म्याग्दे–३ मा भएको सवारी दुर्घटनाको घटनामा तनहुँ जिल्ला अदालतबाट विसं २०७४ मङ्सिर १२ गतेको फैसलाबाट दोषी ठहर भएका भुजेललाई सोमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।

भुजेलले चलाएको ना४ख ४०१८ नंको बसको ठक्करबाट ग४प ८८६६ नंको स्कुटरमा सवार व्यास नगरपालिका–११ बस्ने २९ वर्षीय ममता दुलालको मृत्यु भएको थियो । दुर्घटनामा स्कुटर चालक सोही ठाउँ बस्ने २५ वर्षीय भीम दुलाल घाइते भएका थिए ।

घटनालगत्तै भुजेल फरार  थिए । जिल्ला अदालतले भुजेललाई एक वर्ष ११ महिना आठ दिनको कैद ठहर गरेको थियो । दोषी भुजेललाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित समाचार

विस्फोट गरी फिरौती माग गर्ने गिरोह पक्राउ

कलैया । विस्फोट गरी फिरौती माग गर्ने गिरोहका नाइकेसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नाइके परवानीपुर गाउँपालिका–४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढ, सोही ठाउँ बस्ने

सात किलो चरेससहित चार पक्राउ

कञ्चनपुर । कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआइटी) को संयुक्त टोलीले डेरा

आमाको हत्या गर्ने छोरा पक्राउ

वालिङ । आफ्नै आमाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ वनकट्टाकी ७४ वर्षीया बालकुमारी तिवारीलाई आफ्नै छोरा ४७ वर्षीय नारायण तिवारीले घाँटी अठ्याएर मारेको भन्ने

ठगी र ह्याक गरेको अभियोगमा तीन जना पक्राउ 

काठमाडौं । भाइवर, ह्वाट्सऐप, ईमो, फेसबुक लगायत सामाजिक संजालहरुको प्रयोग गरी करोडौं रकम ठगी र बैंक तथा वित्तिय संस्थाहरु ह्याक गरेको अभियोगमा उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानबाट तीन जनालाई


z