• २०८१ बैशाख ८ शनिबार

ट्युनिसियामा मृत्यु हुने पर्यटकको संख्या २६ पुग्यो, १७ घाइते

kharibot

ट्युनिस । ट्युनिसियामा भएको दुर्घटनामा परी मृत्यु हुने पर्यटकको संख्या २६ पुगेको छ । 

देशको उत्तरी क्षेत्रमा आइतबार भएको सो सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या सोमबारसम्म बढेर २६ पुगेको अधिकारीहरुले जनाएका छन् । 

घटनामा परी अरु १७ जना घाइते पनि भएको समाचारमा जनाइएको छ । ट्युनिसियाका आन्तरिक मामिला मन्त्रीले दिएको जानकारी अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ । 

राजधानी ट्युनीसबाट ऐन स्नाउसी क्षेत्रतर्फ जाँदै गरेको गाडी दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । दुर्घटना भएका बेला गाडीमा ४५ यात्रु रहेका थिए । 

प्रारम्भिक विवरणअनुसार बस सडकबाट चिप्लिएर एक खोलामा खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ ।   

देशको हिमाली क्षेत्रमा भएको उक्त घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । घटनाका बारेमा छानविन सुरु भइसकेको प्रहरी अधिकारीहरुले जनाएका छन् । 

देशका राष्ट्रपति कैस सैद र बाहिरिदै गर्नुभएका प्रधानमन्त्री युसेफ चाहेडले घटनास्थलमै पुगेर घाइते र मृतकका आफन्तप्रति सहानुभूति व्यक्त गरेका थिए। 

दुर्घटनामा परेका सवै जना ट्युनिसियाका नागरिक भएको जनाइएको छ । खराब अवस्थाको सडकका कारण ट्युनिसियामा धेरै दुर्घटना हुने गरेको छ ।

गत बर्ष सन् २०१८ मा मात्रै सडक दुर्घटनाका कारण ट्युनिसियामा एक हजार १०० नागरिकको मृत्यु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै