Skip This

अपाङ्गता भएकालाई मूलप्रवाहमा ल्याइनुपर्छ : राष्ट्रपति भण्डारी

खरीबोट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व भएको बताएकी छन् ।
अपाङ्गता भएका व्यक्तिहरुको २८औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले दिवसले अपाङ्गता क्षेत्रसँग सम्बद्ध सबैमा थप क्रियाशील भई कार्य गर्ने प्रेरणा मिलोस् भनी कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानले न्याय र समानतामा आधारित सामाजिक आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य दिएको सन्दर्भमा फरक क्षमता भएका व्यक्तिको दैनिक जीवन सहज तुल्याउन अपाङ्गमैत्री संरचना क्रमशः निर्माण गर्दै जानुपर्ने खाँचो औँल्याए । उनले समतामूलक समाज निर्माणका लागि फरक क्षमता भएका व्यक्तिलाई शिक्षा र स्वास्थ्यमा पँहुच दिलाउनुपर्नेमा जोड दिईन । 

राष्ट्रपति भण्डारीले नेपालमा फरकक्षमता भएका व्यक्तिको अधिकार प्रवद्र्धनका साथै संयुक्त राष्ट्रसङ्घीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकार सुनिश्चित गर्नका लागि राज्य थप संवेदनशील बनेर कार्यान्वयन तहमा जानुपर्ने बताईन ।

‘फरक क्षमता भएका व्यक्तिलाई राज्यका रहेक निकायमा सहभागिताका निम्ति स्रोत र साधनको आवश्यक प्रबन्ध गर्दै क्रमशः कार्यान्वयनमा लैजान सकेमा समतामूलक समाज निर्माण गर्न सकिने विश्वास मैले लिएकी छु । फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ उहाँले शुभकामना सन्देशमा भनेकी छन् ।  
 

सम्बन्धित समाचार

राष्ट्रपति भण्डारीद्वारा साग विजेता खेलाडीलाई बधाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गरेकी छन् । राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै प्रतियोगितामा

राष्ट्रपति भण्डारीद्वारा संसद बैठक आह्वान, पुस ४ गतेदेखि बैठक बस्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेका लागि संघीय संसदका दुवै सदनको बैठक आह्वान गरेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस ४

चिलीमा ३८ जना सवार सैनिक विमान बेपत्ता, उद्धारमा आफै खटिए राष्ट्रपति

सान्टियागो । चालक दलका सदस्य सहित ३८ जना सवार चिलीको सैनिक बिमानसँग सोमबार “रेडियो सञ्चार” सम्पर्क विच्छेद भएको सेनाले जनाएको छ । चिलीको वायुसेनाका अनुसार “अन्टार्कटिका हवाई अखडा”का लागि चिलीको

द्वन्द्वको घाउ निको हुन समय लाग्छ : राष्ट्रपति भण्डारी 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारील द्वन्द्वको घाउ निको हुन केही समय लाग्ने बताएकी छन् ।  राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०७५-७६ को वार्षिक


z