• २०८१ बैशाख ७ शुक्रबार

मेसीले छैठौ पटक जिते बेलुन डोअर अवार्ड

kharibot

काठमाडौँ । लियोनेल मेसीले छैठौ पटक बेलुन डोअर अवार्ड जितेका छन् । योसँगै मेसी फुटबलको प्रतिष्ठित अवार्ड मध्यको एक मानिने बेलुन डोअर अवार्ड धेरै पटक जित्ने खेलाडी बनेका छन् ।

गएराती फ्रान्सको पेरिसमा आयोजित एक समारोहक बीच अवार्डको घोषणा गरिएको छ ।

मेसीले लिभरपुलका भिर्गिल भान डिक र क्रिस्टियानो रोनाल्डोलाई पछि पर्दै यो अवार्ड जितेका हुन् ।

मेसीले यस अघि सन् २००९, २०१०, २०११, २०१२, २०१५ मा यो अवार्ड जितेका थिए । त्यस्तै रोनाल्डोले बेलुन डोअर अवार्ड पाँच पटक जितेका छन् । रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा यो अवार्ड जितेका थिए ।

यस अघि २०१६ सम्म फिफा र फ्रेन्च फुटबल मिलेर यो अवार्ड दिने गरिएको भएपनि २०१६ पछि भने फिफाले बर्ष खेलाडीको अवार्ड दिने गर्दछ भने फ्रेन्च फुटबलले बेलुन डोअर अलग्गै दिदै आएको छ ।
         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै