Skip This

आयल निगमले पेट्रोल र डिजेलको मुल्य बढायो

खरीबोट

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर रु दुई वृद्धि गरेको छ । 

अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले आज सो वृद्धि गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनले आफूहरुले दशैँ, तिहार छठलगायत चाडपर्वका अवसरमा अन्तरराष्ट्रिय जगतमा मूल्य वृद्धि भए पनि पुरानै मूल्य कायम गरिएको बताउँदै नयाँ मूल्यदरबाट हाल भारतीय सीमामा प्रतिलिटर रु २० मूल्यान्तर रहेकामा रु १८ मूल्यान्तर हुने जनाए । 

हाल पेट्रोलका प्रतिलिटर रु १०७ र डिजेल ९५ रहेको थियो । उक्त मूल्य गत साउन २२ गते निर्धारण गरिएको थियो ।
 

सम्बन्धित समाचार

आयल निगमले पेट्रोल र डिजेलको मुल्य बढायो

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर रु दुई वृद्धि गरेको छ ।  अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दासमेत

ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायीको इजाजत खारेज हुँदै

काठमाडौ । के तपाइँले बजारमा खाना पकाउने ग्यास सम्बन्धित डिपोबाट सहजै प्राप्त गर्न सक्नुभएको छैन ? कुन कम्पनीको ग्यास कुन डिपोबाट उपलब्ध हुन नसकेको हो ? त्यसका बारेमा अब नेपाल

खालि भेटियो आयल निगमको हराएको ट्यांकर 

जनकपुरधाम । लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडिबाट अपहरमा परेको जनाइएको डिजेलले भरिएको ट्याङ्कर खालि रहेको अवस्थामा फेला परेको छ । नेपाल आयल निगमको उक्त ट्याङ्कर धनुषाको महेन्द्रनगरमा फेला परेको प्रहरीले

निगमको ट्याङ्कर हरायो, पत्ता लगाउन समिति गठन

काठमाडौँ । नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको संयोजकत्वमा चार


z