काठमाडौं । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले अहिलेसम्म १५ स्वर्ण जितेको छ । त्यस्तै नेपालले ३ रजत पदक र ३ कश्य पदक समेत जितेको छ । जसमा तेक्वान्दोमा मात्र नेपालको स्वर्ण पदक संख्या ७ पुगेको छ भने करातेमा पनि नेपालले ७ स्वर्ण जितेको छ । करातेको काताको दुवै टिम इभेन्ट र पुरुष एकलको मन्डेकाजी श्रेष्ठले कुल ३ पदक जितेका थिए । त्यस्तै एक स्वर्ण भने ट्रायथलनमा जितेको हो ।
स्वर्ण पदक विजेता
कराँतेतर्फ :
१. कराँते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२. कराँते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३. कराँते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४. कराँते (५५ केजी) – लक्ष्मण तामाङ
५. कराँते (८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ
६. कराँते (४५ केजी मुनी)- कुसुम खड्का
७. कराँते कराते (५० केजी मूनि) अनु अधिकारी
तेक्वान्दोतर्फ :
१. तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
२. तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
३. तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
४. तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
५. तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे
६. पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
७. पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
ट्रायथलनतर्फ
१. सोनी गुरुङ
रजत पदक विजेता :
१. कराते (एकल काता) – चन्चला दनुवार
२. कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ
३. तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ
कास्य पदक विजेता :
१. तेक्वान्दो पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बु
२. तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ
३. ट्रायथोलन – बसन्त थारु