• २०८१ बैशाख ७ शुक्रबार

सागमा कराँते र तेक्वान्दोमा नेपालको दबदबा, अहिलेसम्म १५ स्वर्ण जित्यो

kharibot

काठमाडौं । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले अहिलेसम्म १५ स्वर्ण जितेको छ । त्यस्तै नेपालले ३ रजत पदक र ३ कश्य पदक समेत जितेको छ । जसमा तेक्वान्दोमा मात्र नेपालको स्वर्ण पदक संख्या ७ पुगेको छ भने करातेमा पनि नेपालले ७ स्वर्ण जितेको छ । करातेको काताको दुवै टिम इभेन्ट र पुरुष एकलको मन्डेकाजी श्रेष्ठले कुल ३ पदक जितेका थिए । त्यस्तै एक स्वर्ण भने ट्रायथलनमा जितेको हो । 

स्वर्ण पदक विजेता 

कराँतेतर्फ :
१.    कराँते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.    कराँते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.    कराँते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.    कराँते (५५ केजी) – लक्ष्मण तामाङ
५.    कराँते (८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ
६.    कराँते (४५ केजी मुनी)- कुसुम खड्का
७.    कराँते कराते (५० केजी मूनि) अनु अधिकारी 

तेक्वान्दोतर्फ : 

१.    तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ 
२.    तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
३.    तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
४.    तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
५.    तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे
६.    पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
७.    पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

ट्रायथलनतर्फ 
 

१.    सोनी गुरुङ

रजत पदक विजेता :

१.    कराते (एकल काता) – चन्चला दनुवार
२.    कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ
३.    तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ


कास्य पदक विजेता :

१.    तेक्वान्दो पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बु
२.    तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ
३.    ट्रायथोलन – बसन्त थारु 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै