कामना सेवा विकास बैंकको १०४औं शाखा ललितपुरको सानागाउँमा  

खरीबोट

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नम्बर ३ अन्तर्गत ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा आफ्नो १०४औ  शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राज कुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् ।

अध्यक्ष सिलवालले आफ्नो वडामा पहिलो पटक बैंकको शाखा आएकोमा खुशाी व्यक्त गर्दै वडावासीहरुको तर्फवाट धन्यवाद दिदै आफूले सक्दो सहयोग गर्ने बताए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०४ वटा शाखा तथा ५३ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबीएस, एसएमएस बैंकिंग , मोबाइल बैंकिंग, सि-एएसबिएलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । 
 

सम्बन्धित समाचार

आरविवि मर्चेन्ट बैंकिङको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको चौथो वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत

राष्ट्र बैंकले १० अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दे 

काठमाडौं । यही मंसिर ३० गते सोमबार नेपाल राष्ट्र बैंकले १० अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी जारी गर्न

प्रभु बैंकको २००औं शाखा सर्लाहीको बरहथवामा

काठमाडौ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सर्लाही जिल्लाको बरहथवा नगरपालिका-०७ स्थित बरहथवामा आफ्नो २००औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको बरहथवा शाखा कार्यालयको समुद्घघाटन

लक्ष्मी बैंकको एनिमेटेड भाइबर–स्टिकर प्याकको शुभारम्भ

काठमाडौं । लक्ष्मी बैंकले भाइबर च्याटमा कुराकानीलाई अझ बढी रोमाञ्चक बनाउने उद्देश्यका साथ भाइबरमा १६ प्रकारको स्टिकर रहेको स्टिकर सेटको शुभारम्भ गरेको छ । यसबाट भाइबरमा यसभन्दा अघि नभएको ‘नेपाली


z