• २०८१ बैशाख ७ शुक्रबार

काँग्रेस कहाँ छ भनेर सोध्दा देखाउने ठाउँ बनायौं – काँग्रेस 

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मंसिर १४ गतेको उपनिर्वाचनले पहिले जितेको स्थानमा कतिपय वडा अध्यक्षको पद गुमाएर पनि महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएको छ ।

सोमबार पार्टी प्रवक्ता विश्‍वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै कसैले काँग्रेस कहाँ छ भनेर सोध्दा देखाउने ठाउँ उपनिर्वाचनबाट बनाएको बताए ।

प्रवक्ता शर्माले भने,”कांग्रेस खोज्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वा्चित भएको चितवनमा जाँदा हुन्छ, प्रधानमन्त्रीको घर भएको भक्तपुर जाँदा पनि हुन्छ, तत्कालीन सभामुख निर्वा्चित भएको दाङका वडामा जाँदा पनि हुन्छ हामीले यस्तो अवस्था बनाएका छौँ ।’

उनले आफ्नो दललाई जिताउन लागिपर्दा पनि सरकारले नसकेको आरोप लगाए । उनले भने,‘रिक्त पदमा पनि पूर्ति गर्न नहुने अवस्थामा प्रदेशप्रमुखहरू हटाएर नियुक्ति गरिएको छ, चितवनमा हाम्रा साथीहरू कुटिए, विगतमा कांग्रेस हारेर पनि निष्‍पक्ष चुनाव गराउने अभियानमा लाग्यो तर वर्तमान सरकारले आगामी निर्वाचन पनि निष्‍पक्ष बनाउन भन्नेमा शंका उत्पन्न भएको छ ।’

गत शनिबार सम्पन्न उपनिर्वाचनमा काँग्रेसले भक्तपुरको प्रदेश सभा, धरान उपमहानगरपालिकाको प्रमुख र ११ वडा अध्यक्षमा जित हासिल गरेको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै