काँग्रेस कहाँ छ भनेर सोध्दा देखाउने ठाउँ बनायौं – काँग्रेस 

खरीबोट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मंसिर १४ गतेको उपनिर्वाचनले पहिले जितेको स्थानमा कतिपय वडा अध्यक्षको पद गुमाएर पनि महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएको छ ।

सोमबार पार्टी प्रवक्ता विश्‍वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै कसैले काँग्रेस कहाँ छ भनेर सोध्दा देखाउने ठाउँ उपनिर्वाचनबाट बनाएको बताए ।

प्रवक्ता शर्माले भने,”कांग्रेस खोज्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वा्चित भएको चितवनमा जाँदा हुन्छ, प्रधानमन्त्रीको घर भएको भक्तपुर जाँदा पनि हुन्छ, तत्कालीन सभामुख निर्वा्चित भएको दाङका वडामा जाँदा पनि हुन्छ हामीले यस्तो अवस्था बनाएका छौँ ।’

उनले आफ्नो दललाई जिताउन लागिपर्दा पनि सरकारले नसकेको आरोप लगाए । उनले भने,‘रिक्त पदमा पनि पूर्ति गर्न नहुने अवस्थामा प्रदेशप्रमुखहरू हटाएर नियुक्ति गरिएको छ, चितवनमा हाम्रा साथीहरू कुटिए, विगतमा कांग्रेस हारेर पनि निष्‍पक्ष चुनाव गराउने अभियानमा लाग्यो तर वर्तमान सरकारले आगामी निर्वाचन पनि निष्‍पक्ष बनाउन भन्नेमा शंका उत्पन्न भएको छ ।’

गत शनिबार सम्पन्न उपनिर्वाचनमा काँग्रेसले भक्तपुरको प्रदेश सभा, धरान उपमहानगरपालिकाको प्रमुख र ११ वडा अध्यक्षमा जित हासिल गरेको छ ।    
 

सम्बन्धित समाचार

देउवा र निधिद्वारा निवासमै पुगेर पौडेलसँग छलफल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले बरिष्ठ नेता रामचन्द्र पौडेलसँग उनकै निवास बोहोराटार पुगेर छलफल गरेका छन् । गत विहिबार बसेको केन्द्रीय समिति

असन्तुष्ट पौडेललाई फकाउदै सभापति देउवा 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्रको विवाद बढ्दै गएपछि सभापति शेरबहादुर देउवाले असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल अगाडी बढाउदै छन् । पछिल्लो समय पौडेल पक्षले केन्द्रीय समितिको बैठक बहिष्कार

काँग्रेसको विवाद छताछुल्ल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसभित्र अहिले फेरी तिब्र विवाद देखिएको छ । केहि समयदेखि शान्त रहेको काँग्रेसको विवाद विहिबार केन्द्रीय समिति बैठकको विषयमा छताछुल्ल भएको छ । खासगरी १४औं महाधिवेशन

पौडेल र सिटौलाले बहिष्कार गरेको केन्द्रीय समितिमा नौ एजेन्डा प्रस्तुत

काठमाडौँ । नेपाली काँग्रेसको आज बोलाइएको केन्द्रीय समितिको बैठकमा विभिन्न ९ एजेन्डा पेश भएका छन् । बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले बहिष्कार गरेपछी एजेन्डामा छलफल भने हुन सकेन


z