• २०८१ बैशाख ४ मंगलबार

किन ल्यापटपलाई स्लीप मोडमा राख्नु हुदैन?

kharibot

काठमाडौँ। प्रविधिको सन्सारमा कलेज देखि कार्यलय सम्म सबै ठाँउमा ल्यापटपको प्रयोग हुन्छ। प्रयोगकर्ता यसलाई जहाँ पनि प्रयोग गर्न सक्छन्। टेक कम्पनीहरुले प्रयोगकर्तालाई धेरै भन्दा धेरै सुबिधा दिन ल्यापटपमा वाई-फाई र स्लीप मोड जस्तो खास फीचर्स दिएको छ।

ल्यापटपमा कतिपय आगो लागेको घटनाको अनुसन्धानमा स्लीप मोडमा राख्नुको कारण पत्ता लगेको छ। यस मोडमा ब्याट्रीलाई हानी पुग्छ।

विशेषज्ञको अनुसार ल्यापटपलाई स्लीप मोडमा रख्नुको सट्टा सटडाउन गर्नु नै राम्रो विकल्प हुन्छ। प्रयोगकर्ताहरु बारम्बार ल्यापटप खोल्न र बन्द गर्न लाग्ने समय बचाउनको लागी स्लीप मोडको प्रयोग गर्छन्। ल्यापटपलाई  लामो समय सम्म चलाउदा पनि यो डिभाइस आफैं स्लीप मोडमा जान्छ। 

यूजर्स ल्यापटपलाई स्टार्ट बटनबाट पनि स्लीप मोडमा राख्न सक्छन्। यो फीचरले ल्यापटपको ब्याट्रीमा पनि जोड  पर्न जान्छ जसबाट आगोलाग्न सक्ने सम्भावना हुन्छ। 

लामो समयसम्म ल्यापटपलाई स्लीप मोडमा राख्नु हुँदैन किनकी यसले ब्याट्री लाईधेरै हानी पुग्छ। स्लीप मोडमा लोड धेरै हुनाले ब्याट्री छिटो खराब पनि हुन्छ। स्लीप मोडले ल्यापटपको सिपियु र मोनिटर पनि खराब बनाउछ। स्लीप मोडबाट ल्यापटपको ब्याट्री तातो हुन्छ र ल्यापटपको तापक्रम बढ्छ जसले आगो लग्न सक्छ।

स्लीप मोडले ल्यापटपको ब्याट्रीको खपत कम हुन्छ साथै डिभाइसलाई फेरी अन गर्नुपर्दैन। यूजर्स स्लीपिङ मोड मार्फत कामलाई निरन्तरता दिन सक्छन्। ल्यापटपलाई धेरै चार्ज गर्यो भने पनि ब्याट्रीको तापक्रम बढ्छ र आगो लाग्ने सम्भावना बढी हुन्छ। 

ल्यापटपमा स्लीप मोडको सट्टामा हाबरनेसन मोड प्रयोग गर्न सकिन्छ। साथै यस मोडले ल्यापटपको ब्याट्रीलाई कुनै नोक्सानी हुदैन।

यो फीचरले ल्यापटपमा गरिरहेको कामलाई स्न्यापसट विन्डोमा सेभ गर्न सक्छन्। हाइबरनेसनले स्लीप मोडको तुलनामा राम्रो काम गर्छ। साथै यस फिचरले ल्यापटपको ब्याट्री पनि बढाउछ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै