हिमालको टाकुरामा पुग्न कहिलेकाहीँ ओरालो झर्नुपर्छ : साझा पार्टी

खरीबोट

काठमाडौँ । साझा पार्टीले शनिबार भएको उपनिर्वाचनको नतिजालाई आफ्ना कमीकमजोरीको समीक्षा गर्नुपर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको जनाएको छ।

सो पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आज एक विज्ञप्तिमार्फत हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोध पार गर्नुपर्ने उल्लेख गरेका छन्।

साथै उनले मुलुक रूपान्तरणको राजनीतिक यात्रामा रणनीतिक दृढता र पार्टी निर्माणको परिष्कृत मार्गचित्रका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। 

प्रतिकूलता हुँदाहुँदै पनि पार्टीलाई भोट दिएर अगाडि बढ्न आत्मविश्वास प्रदान गर्ने मतदाता र निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई जीवन्त राख्ने सम्पूर्ण जनसमुदायप्रति साझा पार्टीले आभार प्रकट गरेको छ।

आफ्ना गल्ती कमजोरीबाट पाठ सिक्दै आउँदा दिनमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्ने विज्ञप्तिमा उल्लेख छ। 

साझा पार्टीले छिट्टै ‘साझा भुईंयात्रा’को देशव्यापी राजनीतिक जागरण र नागरिक संवादको अभियानमा लाग्ने तथा पार्टीका विचार, नीति र एजेन्डा जनतासमक्ष प्रस्तुत र छलफल गर्ने विज्ञप्तिमार्फत जनाएको छ।

सम्बन्धित समाचार

हिमालको टाकुरामा पुग्न कहिलेकाहीँ ओरालो झर्नुपर्छ : साझा पार्टी

काठमाडौँ । साझा पार्टीले शनिबार भएको उपनिर्वाचनको नतिजालाई आफ्ना कमीकमजोरीको समीक्षा गर्नुपर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको जनाएको छ। सो पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आज एक

प्रदेश प्रमुख हटाउनु गैर–राजनीतिक कदम – साझा पार्टी

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरेको घटनालाई साझा पार्टीले पार्टीले गैर–राजनीतिक कदम भनेको छ । एक विज्ञप्ति प्रकासित गर्दै साझा पार्टीले 'सरकारको उक्त निर्णय पुर्वाग्रह

साझा पार्टीले तोक्यो उम्मेदवार

भक्तपुर । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं–१ (क) बाट प्रदेशसभामा साझा पार्टीले सुरज प्रधानलाई उम्मेदवार बनाउने भएको छ । प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं

साझा पार्टीले कास्की-२ मा रजनी केसीलाई उम्मेदवार बनायो 

काठमाडौं । साझा पार्टीले कास्की क्षेत्र नम्बर २ मा केन्द्रीय सदस्य रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  ५–६ कात्तिकमा पोखरामा बसेको केन्द्रीय समितिको बैठकले केसीलाई जिल्ला र क्षेत्रीय समितिको


z