‘घरेलु तथा साना उद्योगको प्रवद्र्घन सरकारको प्राथमिकता’ : उद्योगमन्त्री भट्ट 

खरीबोट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घन र विकास सरकारको प्राथमिकता भएकाले सोका लागि दृढ भएर लाग्ने बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र विभिन्न वस्तुगत सङ्घको संयुक्त प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आज भएको भेटमा उनले भने, “लघु, घरेलु तथा साना उद्योगहरुसँग सिङ्गो राष्ट्रको राष्ट्रिय हित जोडिएको छ। यो क्षेत्रलाई अगाडि बढाउन म दृढ छु।”

उद्योग मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्योगहरुको प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै मन्त्री भट्टले समस्यामात्र होइन, समाधानका उपाय पनि पहिल्याउन व्यवसायीलाई आग्रह गरे। 

महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले उद्योगको सवालमा पुस्ता हस्तान्तरण हुन नसक्नु, प्रविधि हस्तान्तरण हुन नसक्नु, वित्तीय पहुँचको समस्या र बजारीकरणजस्ता समस्या लघु घरेलु तथा साना उद्योगले झेलिरहेकोतर्फ ध्यानाकर्षण गराए।

“अघिल्लो पुस्ताले गरिरहेको काम पछिल्लो पुस्ताले गरिरहेको छैन यो नेपालका लागि ठूलो चुनौतीको विषय बनेको छ”, उनले भने, “यसका पछाडि दुई–तीनवटा कारण छन्। हामीले जसरी उद्योग चलाइरहेका छौँ, ती उद्योगहरु व्यवस्थित छैनन्। उद्योग ग्राममा नचलाइएकाले छरपस्ट भइरहेको हुँदा अहिले पालिका र स्थानीय जनताको निशानाको सिकार बनिरहेका छन् उद्योगहरु।

त्यसैगरी प्रदेश सरकारका पनि आँखामा पर्न सकिरहेका छैनन्। यस्ता उद्योगहरुलाई व्यवस्थित गर्न संसारभर उद्योगग्रामको प्रचलन छ।”

सम्बन्धित समाचार

‘घरेलु तथा साना उद्योगको प्रवद्र्घन सरकारको प्राथमिकता’ : उद्योगमन्त्री भट्ट 

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घन र विकास सरकारको प्राथमिकता भएकाले सोका लागि दृढ भएर लाग्ने बताएका छन्। नेपाल घरेलु

अर्थमन्त्री र घरेलु तथा साना उद्योग महासंघबीच छलफल

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्यान, बैंक खातामार्फत तलब भुक्तानी, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)लगायतका अहिलेका नियमहरु केही समयका लागि लागु गर्न के कस्तो तयारी गर्नुपर्छ कार्यदलमार्फत

मौद्रिक नीतिप्रति घरेलु तथा साना उद्योग महासंघको मिश्रित धारणा

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७५-७६ को मौद्रिक नीतिप्रति मिश्रित धारणा व्यक्त गरेको छ ।  नेपाल सरकारले आर्थिक वर्ष २०७५-७६ को

सीप सिक्दै, व्यवसाय सम्हाल्दै कञ्चनपुरका महिला

भीमदत्तनगर । दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको तालीममा कृष्णपुरकी राधा चौधरी सहभागी हुनुभयो ।  मुक्त कमैया बस्तीमा अति विपन्न परिवारकी राधाले घरेलु कार्यालयबाट बंगुर, कुखुरा


z