काठमाडौँ । १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गतको महिला भलिबलमा नेपाली महिला टोली फाईनलमा पुगेको छ ।
महिला भलिबलको फाईनल खेल नेपाल र भारतबीच मंसिर १७ गते दिउँसो २ बजे हुँदैछ ।
दशरथ रंगशालाको कवर्डहलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस च्यानल एक्शन स्पोर्टस एचडिले प्रत्यक्ष प्रशारण गर्ने छ ।
यस्तै १९ मंसिरदेखी सुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनि एक्सन स्पोर्टस् एचडिमा हेर्न सकिने छ ।