प्रधानमन्त्री ओलीको भिडियो संदेश : स्वास्थ्य राम्रो सुधार हुदै छ 

खरीबोट

काठमाडौँ । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो संदेश जारी गर्दै आफ्नो स्वास्थ्य बारे जानकारी गराएका छन् । महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ मा रहेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताएका छन् ।

भिडियो संदेशमा प्रधानमन्त्री ओलीले आफ्नो साथीहरुसँग बोल्न सक्ने र हिड्डुल गर्नसक्ने अवस्थामा रहेको समेत जानकारी गराएका छन् । प्रधानमन्त्रीले आफुले आइतबार सागको उद्घाटन समारोह पुरै हेरेको बताउदै साग सफल बनाउन अपिल गरेका छन् ।  

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

भिडियो संदेश : 

सम्बन्धित समाचार

सरकार खेलकूद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध छ : प्रधानमन्त्री ओली 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खेलकूद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध रहेको बताएका छन् । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित

प्रधानमन्त्री ओली स्वर्ण पदक विजेतासँग !

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा बुधबार १३औ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा एकभन्दा बढी स्वर्ण विजयी गौरिका सिंह, मन्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङ  । तस्वीर : रोशन सापकोटा/रासस   

प्रधानमन्त्री ओली डायलासिस गर्न अस्पतालमा  

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित डायलासिस गर्न महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् । १३औ सागको समापन समारोह निवासबाटै हेरेर प्रधानमन्त्री ओली अस्पताल पुगेका हुन्

प्रधानमन्त्री ओली काममा सक्रिय हुदै, मन्त्रिपरिषद बैठक बोलाए 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो ४ बजे सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकको बैठक बोलाएका छन् ।  यहि मंसिर ५ गते मन्त्रिपरिषदमा ६ मन्त्री र ३ राज्यमन्त्री हेरफेर गरेपछि


z