• २०८१ बैशाख ८ शनिबार

सागमा नेपालले जित्यो १० स्वर्ण 

kharibot

निर्मला तामाङ , सङ्गीता मगर , सरू कार्की सोमबार तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) कराँते महिला टिम काँतामा स्वर्ण पद हासिल गरेपछि नेपालको झन्डा फहराउँदै । तस्वीर : रोशन सापकोटा

काठमाडौँ । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा कराँते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले अहिलेसम्म १० स्वर्ण जितेको छ ।

नेपालले कराँतेको काताबाट ३ स्वर्ण जितेको छ । त्यस्तै तेक्वान्दो पुम्से विधाबाट ४ स्वर्ण जितेको छ । 

कराँतेको पुरुष समूह काता, महिला समूह काता र पुरुष व्यक्तिगत कातातर्फ नेपालले स्वर्ण जितेको हो । व्यक्तिगततर्फ कराँतेका मण्डेकाजी श्रेष्ठले स्वर्ण जितेका छन् ।

त्यस्तै तेक्वान्दोबाट कमल अधिकारी, सिना मादेन लिम्बु र पार्वती गुरुङले स्वर्ण पदक जितेका छन् । त्यस्तै आयशा शाक्यले पनि तेक्वान्दो पुम्से (कला प्रदर्शनी) बाट स्वर्ण पदक जितेकी छन् ।

त्यस्तै ट्रायथलनको महिला तर्फपनि नेपालले स्वर्ण जितेको छ । पोखरामा भएको खेलमा सोनी गुरुङले स्वर्ण पदक जितेकी छन् ।

त्यस्तै कराँते फाइट ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन् । त्यस्तै ८४ किलो भन्दा माथिको तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण पदक जितेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै