• २०८१ बैशाख ८ शनिबार

मण्डेकाजीको दुईसहित नेपालले जित्यो ६ स्वर्ण पदक 

kharibot

काठमाडौँ । जारी १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म करातेमा तीन, तेक्वान्दोमा दुई र ट्रायथलनमा एक स्वर्ण जितेको छ ।

कराते तर्फ मण्डेकाजी श्रेष्ठले दुई स्वर्ण जितेका छन् । पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले फाइनलमा सोमवार पाकिस्तानी खेलाडी नियमातुल्लाहलाई पराजित गर्दै पहिलो स्वर्ण जितेका थिए ।

त्यसति महसुस तामाङ र प्रविन महर्जन सम्मिलित टिमबाट पनि स्वर्ण जितेका छन् ।

नेपालका लागि करातेका मण्डेकाजी श्रेष्ठले एकल काता र टिम कातामा गरी दुई स्वर्ण जितेका छन् भने करातेमा महिला टिम कातामा नेपालले स्वर्ण जितेको हो । करातेको महिला टिम कातामा स्वर्ण जित्ने टोलीमा निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की रहेका छन् ।

त्यस्तै तेक्वान्दोको २३ वर्षमुनिको महिला एकल पुम्से विधामा नेपालकी सीना मादेमले स्वर्ण जितेकी छन् ।

त्यस्तै २३ देखि २९ वर्ष उमेर समूहको एकल पुम्से विधामा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । उनले भारतका राहुल जैनलाई हराएर स्वर्ण जितेका हुन् ।

त्यस्तै महिला ट्रायथलनतर्फको एलिट स्प्रीन्ट प्रतिस्पर्धामा नेपालकी सोनी गुरुङले एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै स्वर्ण जितेकी छन् । उनले भारतीय खेलाडीलाई १५ सेकेण्डले पछाडि पारेकी थिइन् ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै