• २०८१ बैशाख ७ शुक्रबार

ट्राईयाथलनमा स्वर्ण जित्ने सोनीलाई एक लाख पुरस्कारको घोषणा 

kharibot

काठमाडौँ । ट्राईयाथलन खेलाडी सोनी गुरुङ्गले नेपालका लागि स्वर्ण दिलाएकी छिन् । उनले दक्षिण एशियामा ट्राईथालनको पावर मानिने भारतलाई पछि पार्दै स्वण हात पारेकी हुन् ।

नेपालको रमणिय स्थल पोखराको चिसो मौसमलाई तातो बनाउँदै सोनीले नेपालका लागि स्वर्ण हात पारेकी हुन् । उनले निर्धारित ७५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ किलोमिटर दौड १ घन्टा १३ मिनट ४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेकी हुन् । पौडी र साईक्लिङ्गमा पछि परेकी उनले दौडमा आफुलाई अब्बल राख्दै स्वर्ण हात पार्न सफल भएकी हुन्  ।

विजयी गुरुङ्गलाई नेपाल ट्राईयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले नगद १ लाख प्रदान गर्ने घोषण गरेका छन् ।

यस्तै गण्डकी प्रदेशका माननिय साँसद दीपक कोईरालाले खेलाडीलाई प्रोत्साहन स्वरुप नगद २५ हजार प्रदान गर्ने घोषण गरेका छन् ।

दोश्रो र तेश्रो स्थानमा भारत रह्यो । भारतकी सरोजनी देवीले १ घन्टा, १४ मिनटका साथ रजत र भारतकै प्रग्न्या मोनानले १ घन्टा १४ मिनट ५७ सेकेन्डका साथ कास्य प्राप्त गरे ।

पोखराको फेवा लेकमा भएको प्रतिस्पर्धामा पुरुष तर्फ भने नेपाली खेलाडी बशन्त थारु कास्यमा चित्त बुझाउन बाध्य भए । उनले निर्धारित दूरी १ घन्टा ३ मिनट र ०६ सेकेन्डमा पुरा गरे । पुरुष तर्फ पहिलो र दोश्रो स्थान भारतले हात पार्यो । भारतका आदर्श एमएन सिनिमोलले निर्धारित दूरी १ घन्टा २ मिनट ३१ सेकेन्ड र बिश्वरजित साईखोमले १ घन्टा २ मिनट ५९ सेकेन्डमा साथ स्वर्ण र रजत प्राप्त गरे ।

मंगलबार दुवाथलनका खेल बिहान ८ बजे बाट सुरु हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै