महाकाली अस्पतालका दुई बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण भेटियो

खरीबोट

कञ्चनपुर । भीमदत्त नगरमा रहेको महाकाली अस्पतालमा उपचारका लागि पुगेका दुईजना बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको छ।

भीमदत्त नगरपालिका–९ र १८ का दुईजना बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको अस्पतालका सूचना अधिकारी केशव अवस्थीले बताए।

सूक्ष्म प्रकारको किर्ना झाडी र घाँसेमैदानमा पाइने भएकाले यस्ता ठाउँमा जाँदा पूरा बाहुला भएको सर्ट र पाइन्टसँगै जुत्ता लगाएर जानुपर्ने हुन्छ। अधिकारी अवस्थीले भने, “घाँसे मैदानमा बस्दा रुमाल वा अन्य कपडा ओछ्याएर बसे किर्ना सर्ने सम्भावना कम हुन्छ।”

टाइफस रोग लागेमा टाउको बेस्सरी दुख्ने, १०४ डिग्रीभन्दा बढी हनहन्ती ज्वरो आउने, शरीरमा रातो मसिना बिमिरा देखापर्ने, ग्रन्थी सुनिने, पसिना आउने लगायतका लक्षण देखापर्ने गरेको उनको भनाइ रहेको छ।

कडा किसिमको टाइफसको ब्याक्टेरियाले फोक्सोमा आक्रमणमा गरेमा बिरामीको मृत्युसमेत हुने गर्दछ।

सम्बन्धित समाचार

महाकाली अस्पतालका दुई बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण भेटियो

कञ्चनपुर । भीमदत्त नगरमा रहेको महाकाली अस्पतालमा उपचारका लागि पुगेका दुईजना बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको छ। भीमदत्त नगरपालिका–९ र १८ का दुईजना बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको अस्पतालका सूचना अधिकारी

स्क्रब टाइफसले दुईको मृत्यु, ९९ सङ्क्रमित

चितवन । जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार

स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै

काठमाडौँ । तपाई खेतबारीमा काम गर्न जाँदै हुनुहुन्छ ? आफ्ना घर वरिपरिका झाडी सफा गर्दै हुनुहुन्छ ? अथवा मुसाका बासस्थानतिर केही काम गर्दै हुनुहुन्छ ? होस् गर्नुहोला । कतै मुसाको टोकाइबाट

स्क्रब टाइफसका २७ बिरामी भेटिए

अमरगढी । डडेल्धुरामा २७ स्क्रब टाइफसका बिरामी भेटिएका छन् । एक सय २८ शङ्कास्पद बिरामीलाई जाँच गर्दा २७ मा स्क्रब टाइफस फेला परेको डडेल्धुरा अस्पतालका ल्याब इन्जार्ज ईश्वरीप्रसाद भुषाल जानकारी


z