फ्रोजन-२ मा प्रियंका र परिणीतिको जादु, अरु कुन-कुन कलाकारले दिएका छन् आवाज? 

खरीबोट

काठमाडौँ । बलिउड र हलीउडको सधैँ राम्रो सम्बन्ध रही आएको छ। हिन्दी फिल्म र स्टार्सहरुलाई हलीउडमा निकै रुचाइएको पनि छ। हलीउड फिल्मको राम्रै दर्शक भएको कारण बलीवुडका कलाकारहरुले हलीउडको लागि आफ्नो आवाज दिएका छन्।

प्राय हलीउड फिल्म आफ्नो हिन्दी दर्शकको लागि पनि रिलिज गरिएको हुन्छ। त्यसमा आवाज भने हिन्दी फिल्मका कलाकारको हुन्छन्। अंग्रेजी फिल्ममा आफ्नो आवाज दिएका कलाकारहरु:

प्रियंका चोपडा- परिणीति चोपडा

हालै रिलीज फिल्म फ्रोजन-२ दर्शकहरुलाई निकै मन परेको छ। फ्रोजन एनिमेसन फिल्म हो र यसको मुख्य पात्र  एल्सा र आना को आवाज बलीउडका दिदि-बहिनीको जोडी, प्रियंका चोपडा र परिणीति चोपडाको हो। प्रियंका र परिणीतिले अहिले सम्म ठुलो पर्दामा संगै काम गरेका छैनन् तर यस फिल्ममा भने संगै आवाज दिएका छन्।  

शाहरुख खान-आर्यन खान

डिज्नीको फिल्म 'द लायन किङ्ग' को हिन्दी संस्करणमा बलीवुडका बादशाह शाहरुख खानले आफ्नो आवाज दिएका छन्। शाहरुखले यसमा 'मुफासा' नामको पात्रको लागि आफ्नो आवाजको जादु चलाएका छन्।

शाहरुख संग उनका छोरा आर्यनले पनि आफ्नो आवाज दिएका छन्। फिल्मा पनि उनीहरुले बाबु-छोराको भूमिका निभाएका छन्। आर्यनले मुफासाको छोरा सिम्बाको लागि आफ्नो आवाज दिएका छन्। यस बाहेक शाहरुखले फिल्म 'द इन्क्रेडिबल्स' को हिन्दी भर्जनमा पनि आफ्नो आवाज दिएका छन्।

रणवीर सिंह

बलीवुड अभिनेता रणवीर सिंहको बलीवुड देखी हलीवुड सम्म फ्यान फलोइङ्ग छ। सन् २०१८ मा रिलिज भएको फिल्म डेडपूल-२ अभिनेता रणवीर सिंहले आवाज दिएको कारण लोकप्रिय भएको थियो। रणवीरले फिल्मको लिड क्यारेक्टर रेयान रेनल्ड्सको लागि आफ्नो आवाज दिएका थिए। 

अर्जुन कपूर

अभिनेता अर्जुन कपूर पनि यसमा संलग्न छन्। अर्जुनले हलीवुडको एनिमेशन फिल्म 'आइस एज: कोलिजन कोर्स' मा आफ्नो आवाजको जादु चलाएका थिए। अर्जुनले 'बक' पात्रको लागि आफ्नो आवाज दिएका हुन्। 

ओम पुरी

ओम पुरीले फिल्म 'द जंगल बुक' मा आफ्नो आवाजले सबैलाई मन्त्रमुग्ध बनाएका थिए। ओम पुरीले यस फिल्मको हिन्दी संसकरणमा 'बघीरा'को लागि आफ्नो आवाज दिएका थिए। ओम पुरीको  आवाज बघीराको रोलको लागि पुरै सुहाएको थियो।

सम्बन्धित समाचार

फ्रोजन-२ मा प्रियंका र परिणीतिको जादु, अरु कुन-कुन कलाकारले दिएका छन् आवाज? 

काठमाडौँ । बलिउड र हलीउडको सधैँ राम्रो सम्बन्ध रही आएको छ। हिन्दी फिल्म र स्टार्सहरुलाई हलीउडमा निकै रुचाइएको पनि छ। हलीउड फिल्मको राम्रै दर्शक भएको कारण बलीवुडका कलाकारहरुले हलीउडको लागि

बलिवुड बादशाह अमिताभले हातपारे ‘दादा साहेव फाल्के’ पुरस्कार

काठमाडौं । हिन्दी फिल्ममा अभिनय गरेर लाखौंको मन जितेका बलिवुड अभिनेता अमिताभ बच्चनले भारतिय सिनेमा क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार ‘दादा साहेव फाल्के’ प्राप्त गर्ने भएका छन् । जीवनको ७६ औं बसन्त

‘प्रस्थानम्’मा नाम चलेका कलाकारसँग काम गरेका संजीत

काठमाडौं । तीन बर्षदेखि बेकामे बसेका बलिउड नायक संजीत दुवेले ठुला स्टारसँग काम गर्ने मौका पाए । उनी सञ्जय दत्त, ज्याक्की सैफ, मनिषा कोइराला लगायतका स्टारहरुसँग फिल्म प्रस्थानम्मा काम गरेका हुन्  ।  अल्वेज कभी

भारतमा चौथो चरणको मतदान बलिउडका कलाकारको बाक्लो उपस्थिति

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार  शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदानको लागि त्यहाँ  बिदा


z