सागमा नेपालले जित्यो चार स्वर्ण र दुई रजत

खरीबोट

काठमाडौँ । जारी १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगको महिला ट्रायथ्लन प्रतियोगितामा नेपालकी खेलाडी सोनि गुरुङले स्वर्ण हात पारेकी छिन् । यस प्रतियोगितामा श्रीलंकाकी खेलाडीले रजत पदक जितेकी सफल भएकी छिन् ।

महिला ट्रायथ्लन प्रतियोगिता पोखरामा आयोजना भएको थियो । ट्रायथ्लन प्रतियोगितामा पौडी, साइक्लिङ र दौड खेलहरु समावेश हुन्छन् ।

आज बिहान भएका १३ ‌‍‍औं सागका खेलहरुमा हालसम्म नेपालले ४ स्वर्ण र दुई रजत पदक जितेको छ । 

कँरातेमा मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोमा कमल श्रेष्ठ, ट्रायथलनमा सोनी गुरुङ र कँराते टिम कातामा महिला टिमले नेपाललाई स्वर्ण दिलाएका हुन् ।
 

सम्बन्धित समाचार

पानीमा भिजेर साग विजेताको नगर परिक्रमा (फोटो फिचर)

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई सम्मानस्वरुप शुक्रबार काठमाडौं नगर परिक्रमा गराइएको छ । खेलाडीहरुलाई काठमाडौं, भक्तपुर र ललितपुरमा नगर परिक्रमा गराउने तयारी गरिएपनि वर्षा र

सुदूरपश्चिम प्रदेश सरकारले सागका पदक विजेतालाई पुरस्कृत गर्ने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भर्खरै सम्पन्न भएको १३औ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । दक्षिण एसियाली खेलकूद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट

सरकारले घोषणा गरेको पुरस्कार रकममा अन्योलता, खेलाडीले कति पाउलान् ? 

काठमाडौँ । १३औ दक्षिण एशियाली खेलकुद (साग) मा पदक विजेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको प्रोत्साहन वापतको रकम बारे बुझाईमा फरक परेको देखिएको छ । प्रधानमन्त्री ओलीले रकम घोषणा गर्दै

जलपरी गौरिकाले कति पाउने भईन् ?

काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रोत्साहन प्याकेज घोषणा गरे सँगै कसले कति पाउने भन्ने हिसाब किताब शुरु भएको छ । सरकारले


z