• २०८१ बैशाख ७ शुक्रबार

माल्दिभ्सविरुद्ध अन्जली चन्दको कीर्तिमानी बलिङ

kharibot

अन्जली चन्द ।

पोखरा । नेपाली बलर अन्जली चन्दको कीर्तिमानी बलिङसँगै नेपालले १३औं दक्षिण एसियाली खेदकुद (साग) अन्तर्गत महिला क्रिकेटमा विजयी शुरुवात गरेको छ । टी-२० फरम्याटमा खेलाइएको खेलमा नेपालले माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको हो ।

माल्दिभ्सले दिएको १७ रनको लक्ष्य पछाएको नेपालले पहिलो ओभरमा नै बिना कुनै विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि काजल श्रेष्ठले ५ बलमा १३ रन बनाईन भने ४ रन नेपालले अतिरिक्त पाएको थियो ।

यस अघि टस जितेर व्याटिङ गरेको माल्दिभ्सले १०.१ ओभरमा १६ रन बनाउदा सबै विकेट गुमाएको थियो ।

नेपालको शानदार जितमा बलर अन्जली चन्दले कीर्तिमानी बलिङ गरेकी छन् । खेलको छैटौं ओभरमा बलिङमा आएकी अन्जली पहिलो ओभरमा एक रन पनि नदिई तीन विकेट लिएकी थिइन् ।

त्यसपछि नवौं ओभरको अन्तिम दुई बलमा दुई विकेट लिइन् भने ११औं ओभरको पहिलो बलमै विकेट लिँदै उनले हृयाट्रिक पूरा गरेकी थिइन् ।

अन्जलीले २.१ ओभर बलिङ गर्दै एक रन पनि दिइनन् र ६ विकेट लिइन् । 

नेपालका लागि करुणा भण्डारीले २ विकेट लिईन भने २ विकेट नेपालले रनआउटका रुपमा लिएको थियो ।  

नेपालले अब अर्को खेल आगामी बुधबार बंगलादेश र शुक्रबार श्रीलंकाविरुद्ध खेल्ने छ । क्रिकेटमा भारत र पाकिस्तानले भाग लिएका छैनन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै