माल्दिभ्सविरुद्ध अन्जली चन्दको कीर्तिमानी बलिङ

खरीबोट

अन्जली चन्द ।

पोखरा । नेपाली बलर अन्जली चन्दको कीर्तिमानी बलिङसँगै नेपालले १३औं दक्षिण एसियाली खेदकुद (साग) अन्तर्गत महिला क्रिकेटमा विजयी शुरुवात गरेको छ । टी-२० फरम्याटमा खेलाइएको खेलमा नेपालले माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको हो ।

माल्दिभ्सले दिएको १७ रनको लक्ष्य पछाएको नेपालले पहिलो ओभरमा नै बिना कुनै विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि काजल श्रेष्ठले ५ बलमा १३ रन बनाईन भने ४ रन नेपालले अतिरिक्त पाएको थियो ।

यस अघि टस जितेर व्याटिङ गरेको माल्दिभ्सले १०.१ ओभरमा १६ रन बनाउदा सबै विकेट गुमाएको थियो ।

नेपालको शानदार जितमा बलर अन्जली चन्दले कीर्तिमानी बलिङ गरेकी छन् । खेलको छैटौं ओभरमा बलिङमा आएकी अन्जली पहिलो ओभरमा एक रन पनि नदिई तीन विकेट लिएकी थिइन् ।

त्यसपछि नवौं ओभरको अन्तिम दुई बलमा दुई विकेट लिइन् भने ११औं ओभरको पहिलो बलमै विकेट लिँदै उनले हृयाट्रिक पूरा गरेकी थिइन् ।

अन्जलीले २.१ ओभर बलिङ गर्दै एक रन पनि दिइनन् र ६ विकेट लिइन् । 

नेपालका लागि करुणा भण्डारीले २ विकेट लिईन भने २ विकेट नेपालले रनआउटका रुपमा लिएको थियो ।  

नेपालले अब अर्को खेल आगामी बुधबार बंगलादेश र शुक्रबार श्रीलंकाविरुद्ध खेल्ने छ । क्रिकेटमा भारत र पाकिस्तानले भाग लिएका छैनन् ।  
 

सम्बन्धित समाचार

पानीमा भिजेर साग विजेताको नगर परिक्रमा (फोटो फिचर)

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई सम्मानस्वरुप शुक्रबार काठमाडौं नगर परिक्रमा गराइएको छ । खेलाडीहरुलाई काठमाडौं, भक्तपुर र ललितपुरमा नगर परिक्रमा गराउने तयारी गरिएपनि वर्षा र

सुदूरपश्चिम प्रदेश सरकारले सागका पदक विजेतालाई पुरस्कृत गर्ने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भर्खरै सम्पन्न भएको १३औ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । दक्षिण एसियाली खेलकूद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट

सरकारले घोषणा गरेको पुरस्कार रकममा अन्योलता, खेलाडीले कति पाउलान् ? 

काठमाडौँ । १३औ दक्षिण एशियाली खेलकुद (साग) मा पदक विजेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको प्रोत्साहन वापतको रकम बारे बुझाईमा फरक परेको देखिएको छ । प्रधानमन्त्री ओलीले रकम घोषणा गर्दै

जलपरी गौरिकाले कति पाउने भईन् ?

काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रोत्साहन प्याकेज घोषणा गरे सँगै कसले कति पाउने भन्ने हिसाब किताब शुरु भएको छ । सरकारले


z