• २०८१ बैशाख ७ शुक्रबार

सागमा नेपाललाई दोस्रो स्वर्ण : तेक्वान्दोका कमलले दिलाए पदक 

kharibot

काठमाण्डौ । जारी दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले दोस्रो स्वर्ण पदक जितेको छ ।

नेपालका लागि तेक्वान्दोको पुम्सेमा कमल श्रेष्ठले स्वर्ण पदक जितेका छन् । 

कमलले भारतका राहुल जैनलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । 

तेक्वान्दोको पुम्से इभेन्ट्समा कमलले ८.२७० अंक प्राप्त गर्दै स्वर्ण जिते भने दोस्रो स्थानमा रहेका भारतका राहुलले ८.२०० अंक प्राप्त गरे । 

नेपालका लागि यस अघि कराँतेका मण्डयकाजी श्रेष्ठले एकल कातामा स्वर्ण जितेका हुन् । त्यस्तै महिला एकल कातामा भने नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै