क्रिकेट : बिडिसिए कप उपाधि एनसिसीलाई

खरीबोट

बैतडी । बिडिसिए कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको १९ औँ संस्करणको उपाधि निङ्ग्लाशैनी क्रिकेट क्लब (एनसिसी)ले हात पारेको छ।

उपाधि भिडन्तमा एनसिसीले पञ्चकोटी युवा क्लबलाई १२९ रनले पराजित गरेको हो।

निङ्ग्लाशैनी खेल मैदानमा सम्पन्न फाइनल खेलमा एनसिसीले दिएको २१३ रनको विशाल लक्ष्य पन्छाएको पञ्चकोटी १६ दशमलव ४ ओभरमा ८३ रनमा सीमित रह्यो। जसमा किसन बुडालले १४ र आशिष बुडालले ११ रन बनाउनुबाहेक अन्य दोहोरो अङ्कमा रनसमेत बनाउन सकेनन्। एनसिसीका रिसिकेश बोहराले चार, गजेन्द्र बोहराले दुई र वीरेन्द्र नाथले एक विकेट लिए। 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एनसिसीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २१२ रन बनायो, जसमा वीरेन्द्र नाथले अर्धसतकीय पारी खेल्दै ८६ रनको योगदान गरे।

उत्कृष्ट प्रदर्शन गरेका वीरेन्द्रले ५० बलको सामना गर्दै ६ छक्का र ९ चौकासहित ८६ रन जोडेको हो। यस्तै खडक बोहराले ४५ र प्रकाश नाथले ४२ रन बनाए।

पञ्चकोटीका दिनेश बुडाल, प्रकाश बुडाल, डम्बर बुडाल र दीपक दमाईले समान १/१ विकेट लिए। एनसिसीका लागि अलराउण्डर प्रदर्शन गरेका वीरेन्द्र नाथ म्यान अफ द फाइनल चुनिए।

उपाधिसँगै एनसिसीले ३० हजार पुरस्कार पायो भने पञ्चकोटीले २० हजारमा चित्त बुझायो। एनसिसीले बिडिसिए कप उचालेको यो पाचौँ पटक हो।

सम्बन्धित समाचार

क्रिकेट : बिडिसिए कप उपाधि एनसिसीलाई

बैतडी । बिडिसिए कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको १९ औँ संस्करणको उपाधि निङ्ग्लाशैनी क्रिकेट क्लब (एनसिसी)ले हात पारेको छ। उपाधि भिडन्तमा एनसिसीले पञ्चकोटी युवा क्लबलाई १२९ रनले पराजित गरेको हो। निङ्ग्लाशैनी खेल

बिडिसिए कप : गजेन्द्र बोहराको नयाँ रेकर्ड

बैतडी । गजेन्द्र बोहराले जारी बिडिसिए कपको १७ औँ संस्करणसम्म आइपुग्दा प्रतियोगिताको इतिहासमै सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् ।  निंगलाशैनी क्रिकेट क्लब, देहिमाडौँको टोलीबाट लिग चरणको खेलमा बोहराले केदारशक्ति


z