अस्पतालमा मृतक श्रीमती छाडेर पति बेपत्ता !

खरीबोट

गाईघाट । आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन् ।

जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला अस्पताल बोक्से लगेका थिए । 

श्रीमतीको रगतमा हेमोग्लोबिन कम भई प्रसूति गराउन खतरा रहेकाले  जिल्ला बाहिर लान अथवा छिटो रगत लिएर आउन चिकित्सकले सल्लाह दिएपछि खर्च खोज्न हिँडेका बुढाथोकी अझैसम्म नआएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा विजय मेहताले बताए ।

बुढाथोकी र निजका आफन्तको खोजीमा प्रहरी र अस्पतालका सबै कर्मचारी लागेको अस्पतालका कर्मचारी बताउँछन् । आइतबार बेलुकी मात्र मृतक खोटाङ जिल्ला दिक्तेल मझुवागढी रुपाकोट नगरपालिका दिक्तेलका टङ्कप्रसाद आचार्यकी छोरी भएको खुलेको छ । 

गाईघाट डिएम गेटका कृष्ण राईका अनुसार अनुसार सो दम्पती त्रियुगा नगरपालिका १२ डिएमगेटको एक घरमा डेरा लिएर बस्दै आएको थियो । भागी बिहे गरेको र श्रीमानले श्रीमतीलाई कोठामा राखेर श्रीमान् अन्यत्र बस्ने गरेका कारण स्थानीय छिमेकीले समेत दुवैका बारेमा राम्ररी जानकारी नभएको बताउँछन् ।

नाम थर ठेगानासमेत लुकाएर दुवै गाईघाट बस्दै आएका थिए ।  प्रेम बुढाथोकी बताउनेले  आफ्नो नाम थर र ठेगाना ढाँट्ने गरेका कारण सबै कुरा खुल्न नसकेको डिएमगेटका बासिन्दाको भनाइ छ ।

मृतक सुस्मिता भनिने सुष्मा आचार्य भने टङ्प्रसादकी छोरी भएको खुल्न आएको कारण उनका बुबालाई खबर गरेर बोलाइएको जिल्ला अस्पतालका प्रमुख डा मेहताले बताए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली डायलासिस गर्न अस्पतालमा  

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित डायलासिस गर्न महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् । १३औ सागको समापन समारोह निवासबाटै हेरेर प्रधानमन्त्री ओली अस्पताल पुगेका हुन्

लुम्बिनी प्रादेशिक अस्पतालको सेवा : ९७ प्रतिशत बिरामी असन्तुष्ट

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालको सेवाबाट बिरामीहरु असन्तुष्ट देखिएका छन् । बुटवलमा अवस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक एक हजार २०० बिरामी उपचारका लागि आउने गरे पनि अधिकांशले अस्पतालको उपचार सेवा

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । प्रधानमन्त्री केपी ओली आज अपराह्न ३ बजे अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिएको जानकारी दिएका छन् । मंसिर १० गते

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर अस्पताल भर्ना

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पिसाब नलीमा आएको समस्याका कारण उपचारका लागि अस्पताल भर्ना भएका छन्। उनलाई जर्जिया राज्यको फोब मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएको हो। उनी हाल ९५ वर्षका


z