जासूसी गरेको आरोपमा एयरबसका १६ कर्मचारी बर्खास्त

खरीबोट

बर्लिन, जर्मनी । यूरोपेली विमानकम्पनी एयरबसले आफ्ना १६ कर्मचारीलाई जासूसी गरेको आरोपमा बर्खास्त गरेको छ ।

उनीहरूले कम्पनीको नियम विपरित अन्य संस्थाका लागि जासूसी गरेको आरोप लागेपछि बर्खास्त गरिएको हो ।

जर्मनीको राष्ट्रिय समाचार संस्था (डीपीए) का अनुसार एयरबसले १६ कर्मचारीलाई बर्खास्त गरेको पुष्टि गरेको छ तर यस बिषयमा बिस्तृत विवरण उनीहरूलाई दिइएको छैन ।

कम्पनी निकट स्रोतले भन्यो, “जर्मनीका अभियोजनकर्ताले जर्मनीको सुरक्षाकर्मीसँग सम्बन्धित दुई सुरक्षा कार्यक्रममा एअरबसका कर्मचारीमाथि आन्तरिक जासूसी गरेको आशङ्कामा अनुसन्धान गरिरहेका छन् ।”

“हाम्रा केही कर्मचारीसँग उनीहरूसँग उपलब्ध नहुनुपर्ने कागजात भेटिएको छ,” स्रोतले भन्यो ।

उक्त स्रोतका अनुसार उनीहरूले म्यूनिकस्थित प्रोग्राम लाइन कम्युनिकेसन्स, गुप्तचर र सुरक्षा (सीआइएस) मा साइबर सुरषा तथा सम्बन्धित गतिविधिका लागि काम गर्थे । 

यस बिषयमा एयरबसका उच्च अधिकारीलाई सोधिएको प्रश्नमा कम्पनीले बाह्य कानूनी फर्मको सहयोगमा आन्तरिकरूपमा अनुसन्धान वा समीक्षा गरिरहेको बताइएको छ ।  

कम्पनीले सम्बन्धित अधिकारीलाई मुद्दामा अनुसन्धानका लागि समन्वय गरिरहेको छ, एयरबसले यसपहिले नै जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

बर्खास्तमा परेका एअरबसका कर्मचारीसँगबाट सञ्चार प्रणालीलगायत अन्य बिषयमा सूचना लिने जर्मनीको सेनाका गोप्य फाइलहरू नियन्त्रणमा लिइएको जर्मनीको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

नेपाल एयरलाइन्सको वाइडबडी जहाजको दैनिक ११ घण्टा उडान

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले अहिले औसत दैनिक १०.८ घण्टा उडान भर्दै आएको छ । नियामक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

जासूसी गरेको आरोपमा एयरबसका १६ कर्मचारी बर्खास्त

बर्लिन, जर्मनी । यूरोपेली विमानकम्पनी एयरबसले आफ्ना १६ कर्मचारीलाई जासूसी गरेको आरोपमा बर्खास्त गरेको छ । उनीहरूले कम्पनीको नियम विपरित अन्य संस्थाका लागि जासूसी गरेको आरोप लागेपछि बर्खास्त गरिएको हो । जर्मनीको

नेपाल एयरलाइन्सका जहाज तथा सवारी साधनमा भ्रमण वर्षको प्रतीक चिन्ह

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी प्रवद्र्धनका लागि आफ्ना जहाज तथा अन्य यातायातका साधनमा भ्रमण वर्षका लागि प्रतीक चिह्न

टर्किस एयरलाइन्सको वार्षिकोत्सव मनाइयो

काठमाडौं । टर्किस एयरलाइन्सले नेपालबाट सेवा संचालन गरेको छ बर्ष पुरा भएको अवसरमा एक भव्य कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव मानिएको छ । गोकर्ण फरेस्ट रिसोर्ट गत शनिबार आयोजना गरिएको कार्यक्रममा उद्योग,


z