बिद्यालाई खेमराजको बधाई !

खरीबोट

कास्की क्षेत्र नं २ को  उपनिर्वाचनमा विजयी प्रतिनिधिसभा सदस्य नेकपाका उम्मेदवार विद्या भट्टराईलाई बधाई दिँदै प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेल । भट्टराईले २४ हजार ३९४ मत ल्याएर विजयी भएकी छन् । कांग्रेसका पौडेलले १५ हजार ९९१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । तस्वीरः जमुनावर्षा शर्मा 
 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली स्वर्ण पदक विजेतासँग !

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा बुधबार १३औ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा एकभन्दा बढी स्वर्ण विजयी गौरिका सिंह, मन्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङ  । तस्वीर : रोशन सापकोटा/रासस   

पाप नष्ट गराउने डोटीको गाई बाच्छे ढुंगा !

डोटीको बडीकेदारमा रहेको गाई बाच्छे ढुङ्गा परिक्रमा गर्दै भक्तजन । गाई बाच्छे  ढुङ्गा परिक्रमा गरे सम्पूर्ण पाप नष्ट हुन्छ भन्ने स्थानीयको भनाई रहेको छ ।  तस्वीर : विमलबहादुर विष्ट/रासस   

सुन्दर मनास्लु हिमाल !

मनाङ,नासों गाउँपालिका ७ भिमथाङबाट देखिएको मनासलु हिमालको दृश्य । यो वर्षमा एक सय ४३ जना  स्वदेशी तथा विदेशी आरोहीले सफल आरोहण गरेको पर्यटन बोर्डले जनाएको छ । तस्वीर : नवीन

नदी तर्न ट्युबको सहारा !

डोटीको दिपायल सिलगढी नगरपालिका -१ बाफीका वृद्धा र बालक ट्युबको सहारामा सेती नदी तर्दै । पुल नहुँदा स्थानीयलाई सेती नदी वारपार गर्न कष्टकर भएको छ । तस्वीर : विमलबहादुर विष्ट/रासस   


z