• २०८१ बैशाख ८ शनिबार

कास्की-२ मा बिद्या भट्टराई विजयी

kharibot

कास्की । शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत एकमात्र प्रतिनिधिसभा सदस्यका लागि भएको कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् ।

प्राप्त मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले २४ हजार ३९४ मत ल्याएर विजयी भएकी छन् । 

निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १५ हजार ९९१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १९२२ मत प्राप्त गरेका छन् भने राप्रपाका रोम बहादुर भण्डारीले ११५३ मत प्राप्त गरेका छन् । त्यस्तै साझा पार्टीका रजनी केसीले ९४२ मत पाएकी छन् ।

२०७४ सालको निर्वाचनमा नेकपाका रवीन्द्र अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ र चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै