धरान । धरान उपमहानगरपालिकाको प्रमुख पदको निर्वाचनमा काँग्रेसले आफ्नो अग्रता बढाएको छ ।
साँझ ५ बजेसम्मको मतगणना अनुसार काँग्रेसका उम्मेदवार तिलक राई ७४५ मतले अगाडी आएका छन् ।
हालसम्मको गणनाअनुसार काँग्रेसका तिलक राइले ७ हजार ९१५ मत ल्याएका छन् भने नेकपाका प्रकाश राईले ७ हजार १७० मत ल्याएका छन् ।
यस अघिको निर्वाचनमा तत्कालिन नेकपा एमालेका तारा सुब्बाले २० हजार ९७५ मत ल्याएर विजयी भएका थिए । काँग्रेसका तिलक राईले १६ हजार १०२ मत ल्याएर पराजित भएका थिए भने तत्कालिन माओवादी केन्द्रका उम्मेदवार आइन्द्र विक्रम बेघाले ११ हजार १८० मत प्राप्त गरेर तोस्रो भएका थिए ।
प्रमुख तारा सुब्बाको निधन भएपछि यस उपमहानगरमा उपनिर्वाचन भएको हो ।