• २०८१ बैशाख ८ शनिबार

‘बेबिलोन स्रष्टा सम्मान २०७६’ संरक्षणविद् पुरीलाई

kharibot

मध्यपुरथिमि । संरक्षणविद् एवं सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीलाई नगदसहित यस वर्षको ‘बेबिलोन स्रष्टा सम्मान २०७६’ सम्मान प्रदान गरिने भएको छ।

बेबिलोन नेशनल स्कूलले पुरीलाई नगद रु १५ हजार ५५५ राशिसहित पुरस्कार एवं सम्मान प्रदान गर्ने भएको हो।

स्कूलले शिक्षा, साहित्य, कला, संस्कृति, इतिहास, सम्पदा, विकास र खेलकूदमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्दै आएका छ।

यस वर्ष स्कूल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश आचार्यको अध्यक्षताको बैठकले पुरीलाई पुरस्कार एवं सम्मान गरिने भएको स्कूलका प्रिन्सिपल राजु राईले जानकारी दिए।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै