• २०८१ बैशाख ११ मंगलबार

चीनमा फेक न्यूजलाई रोक्न नयाँ नियम जारी

kharibot

काठमाडौँ । चीनले आर्टिफिसियल इन्टेलीजेन्स (एआई) र भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरेर ‘झुटा समाचार’ (फेक न्यूज) बनाउने अनलाइन भिडियो र अडियो बनाउने माथि प्रतिबन्ध लगाउन नयाँ नियम जारी गरेको छ।

चीनको साइबर स्पेस अथोरिटीले शुक्रवार प्रकाशित गरेको नियममा बताएको छ कि,"अनलाइन भिडियो समाचार र अडियो सेवाको प्रदाता र उपयोगकर्ता दुवैलाई ‘झुटो समाचार’ बनाउने, फैलाउने र प्रसार गर्नेहरुको लागि एआई र भर्चुअल रियालिटी जस्तो नयाँ प्रविधिको उपायोग गर्न पाउने छैनन्। यो नियम १ जनवरी, २०२० देखि लागु हुनेछ।" 

चीनको साइबर स्पेस प्रशासन (सीएसी) को अनुसार यो नयाँ नियमको पालना नगरे अपराध मानिने छ। अमेरिकाको जाँच अनुसार २०१६ मा अमेरिकी चुनाव अभियान पछि ‘झुटा समाचार’ को विषयमा चिन्ता बढ्दो छ, जसमा अनलाइन दुष्प्रचारको व्यापक उपयोग देखिएको छ।

चीनको शीर्ष वैधानिक निकायको अनुसार यो वर्षको सुरुवातमा ‘झुटा समाचार’ टेकनिकललाई अवैध बनाइने छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै