• २०८१ बैशाख ७ शुक्रबार

सिंगापुर सरकारको अपीलमा फेसबुकको पोस्ट करेक्सन

kharibot

फेसबुकले सरकारको अपिलमा एक प्रयोगकर्ताको पोस्टमा करेक्सन गरेको छ।

पहिलो पटक प्रविधि विज्ञले दिएको गलत सूचनाको विरुद्दमा देशको कानुनको पालना गरेको छ। अधिकारीहरुले सोसियल मिडियाका विज्ञको एउटा न्यूज वेबसाइटमा चुनावी धांधलीको ‘झुटो आरोप’ लाई सही बताउने पोस्टमा  करेक्सन गर्न आदेश दिएको हो।

सिंगापुरमा रहेको गलत सूचनाको विरुद्ध कानून अनुसार उक्त आदेश दिइएको हो। सिंगापुरमा यो कानूनको विषयमा विवाद परेको छ। यो कानूनले त्यहाँको मन्त्रिहरुलाई अझ शक्तिशाली बनाउने छ। 

सोसियल मिडिया प्ल्याटफर्ममा अहिले त्यस पोस्ट झूट सूचना भएको ट्याग संगै पोस्टको तलपट्टि सिंगापुर सरकारले झुटो समाचार ठहर गरको सूचना लेखिएको छ।
सामाजिक कार्यकर्ताले सो कानूनको विषयमा चिन्ता व्यक्त गरेका छन् र यसको गलत उपयोग हुने आशंका गरका छन्। यस कानुनले स्वतन्त्र अभिव्यक्तिमाथि रोक लाग्ने उनीहरुको भनाइ छ।

फेसबुकले पनि पुष्टि गरेको छ कि सरकार विरोधी वेबसाइट द् स्टेट्स टाइम्स रिवीव चलाउने एलेक्स टेन नामका प्रयोगकर्ताको पोस्टमा करेक्सन गरिएको हो।

अधिकारीहरु भन्छन्, २३ नोभेम्बेरमा भएको चुनावको बारेमा लेखिएको लेखमा टेनलाई सुधार गर्न आदेश दिइएको हो। टेनने भने आफु अस्ट्रेलियाको नागरिक भएको र अरु देशको सरकारको अनुरोध पालना गर्नु नपर्ने भन्दै अस्वीकार गरेका छैन्। त्यसपछि अधिकारीहरुले फेसबुकको पोस्टमा करेक्सन गर्ने आदेश दिइएका हो। यसमा सरकारको सूचना जाँच गर्ने वेबसाइट पनि राखिएको छ। 

फेसबुकका प्रवक्ता भन्छन्,"सिंगापुरको कानुन अनुसार फेस्बुकले पोस्टमा लेबल लगाएको हो, सिंगापुर सरकारको आग्रहमा झुटो समाचार भएको पुष्टि भएको कारण सुधार गरिएको छ।"
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै