कास्की-२ मा नेकपाको अग्रता 

खरीबोट

कास्की । शनिबार सम्मपन्न उपनिर्वाचन अन्तर्गत एकमात्र प्रतिनिधिसभा सदस्यका लागि भएको कास्की–२ को मतगणना जारी रहेको छ ।

पछिल्लो मतगणना अनुसार कास्की-२ मा नेकपा अगाडी रहेको छ ।

बिहाज ७ बजेसम्मको प्रारम्भिक मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता बनाएकी छन् । भट्टराईले ३२७६ मत पाएकी छन् भने नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २११५ मत प्राप्त गरेका छन् ।

त्यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले ९५, राप्रपाका रोमबहादुर भण्डारीले ४७, साझा पार्टीका रजनी केसीले ३२ मत पाएका छन् ।

अहिले पोखरा महानगरपालिका ३३ वडाको ९ वटा केन्द्रको मतगणना भइसकेको छ । निर्वाचन आयोग कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार राती साढे १० बजे मतगणना सुरु गर्ने तयारी गरिए पनि मुचुल्का विवादले बिहान साढे ४ बजे मात्रै मतगणना सुरु भएको हो ।

२०७४ सालको निर्वाचनमा नेकपाका रवीन्द्र अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ र चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।

सम्बन्धित समाचार

राष्टपतिसमक्ष उपनिर्वाचन प्रतिवेदन प्रस्तुत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४

कास्कीमा १९ उम्मेदवारको जमानत जफत, को को हुन् ?

पोखरा । कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ ।  सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली

वैकल्पिक राजनीति फेरी अस्वीकृत, अब के हुन्छ ?

काठमाडौँ । वैकल्पिक राजनीतिक शक्ति बनाउने प्रयास उपनिर्वाचनमा पनि आफ्नो असफल भएको छ । निर्वाचन अगाडी कास्की-२ को प्रतिनिधि सभामा जित्ने दाबि गरेका साझा पार्टी र विवेकशील नेपाली दललाई कास्कीसहित

कास्की-२ मा बिद्या भट्टराई विजयी

कास्की । शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत एकमात्र प्रतिनिधिसभा सदस्यका लागि भएको कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् । प्राप्त मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले २४ हजार ३९४


z