• २०८१ बैशाख ७ शुक्रबार

पाकिस्तानविरुद्ध डेविड वार्नरको कीर्तिमानी तेहोरो शतक

kharibot

काठमाडौँ । अस्ट्रेलियाका ब्याट्सम्यानद्वय डेविड वार्नरले पाकिस्तानविरुद्धको टेस्टमा तेहोरो शतक प्रहार गरेका छन् ।

वार्नरले टेस्टको दोस्रो दिन आफ्नो क्यारियर पहिलो टेस्ट तेहोरो शतक प्रहार गरेका हुन् । वार्नरले यस अघि सन् २०१५ मा न्युजील्याण्डविरुद्ध सर्वाधियो २५३ रन बनाएका थिए ।

वार्नर तेहोरो शतक बनाउने सातौ अस्ट्रेलियाली खेलाडी हुन् भने विश्वका २७औ खेलाडी हुन् ।

वार्नरले यस अघि खेलको पहिलो टेस्टको पहिलो इनिंगमा १५४ रन बनाएका थिए । खेलको पहिलो दिन आफ्नो क्यारियरको २३औ शतक पुरा गरेका वार्नरले आफ्नो फर्मलाई निरन्तरता दिदै दोस्रो दिन तेहोरो शतक पुरा गरेर खेलिरहेका छन् ।

यो समाचार तयार गरुन्जेल वार्नर ३१५ रन बनाएर खेलिरहेका छन् । अस्ट्रेलियाले ३ विकेट गुमाएर ५६० रन बनाएको छ । यस अघि मार्नस लाबुसचाग्नेले १६२ रन बनाएर आउट भएका थिए भने स्टिभ स्मिथ ३६ रन बनाएर आउट भएका थिए ।

अस्ट्रेलिया टुरमा रहेको पाकिस्तानले यो अन्तिम खेल खेलिरहेको छ । यस अघि खेलेको टी-२० सिरिजमा अस्ट्रेलिया २-१ ले विजयी भएको थियो बहने टेस्ट सिरिजमा पाकिस्तान १-० ले पछाडी रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै