• २०८१ बैशाख १२ बुधबार

बिहान कति बेला उठ्ने ?

kharibot

"अर्ली टू बेड-अर्ली टू राइज मेक्स अ पर्सन हेल्दी, वेल्दी ऐन्ड वाइज ।" अङग्रेजीको यो उखान निकै पुरानो हो । जसको मत्लब हो, बिहान चाडैं उठ्नु लाभदायक हुन्छ, यसले मानिसलाई स्वस्थ, धनवान् र ज्ञानी बनाउछ ।

एप्पल कम्पनीको सीईओ टिम कुक सबेरै पौने चार बजे उठ्ने गर्छन् । फिएट कम्पनीको सीईओ सर्जियो मार्शियोन बिहान ३:३० बजे र प्रख्यात ब्रिटिश व्यापारी रिचर्ड ब्रेनसन बिहान पौने छ बजे उठ्छन् । यी मानिसहरु आ-आफ्ना क्षेत्रमा निकै सफल छन् । के यिनीहरुको सफलताको रहस्य बिहान छिटो उठ्नु हो ? के बिहान उठ्ने सबै मनिस जिन्दगीमा सफल हुन्छन् ?

बिहान चाडैं उठ्नुको धेरै फाईदा हुन्छ, छिटो उठेपछि फ्रेस भएर नाश्ता गरेपछि अफिसको लागि तयार हुन सजिलो हुन्छ र अरु कामको लागि समय पनि बच्छ ।

त्यसोभए के ढिला उठ्ने व्यक्ति कम सफल हुन्छन् ? अबेर सम्म सुत्ने व्यक्तिको काम सधै अधुंरो हुन्छ त ? के ढिलासम्म सुत्ने मान्छेहरु सफलता हासिल गर्न सक्दैनन् वा स्वस्थ हुदैनन् त ?

एक अनुसन्धानको अनुसार बिहानको सुरुवात गर्ने व्यवहार अनुसार दुनियामा दुई तरिकाको मानिस हुन्छन् । आधा मानिसहरु जसलाई बिहान छिटो उठ्न मन पर्छ अनि आधा मानिस ढिलासम्म सुतछन् र राति पनि अबेरसम्म जागा बस्न मन पराउँछन् । त्यसो भए त संसारका आधा जनसंख्या बेकार र जिन्दगीमा केहि गर्न नसक्ने छन् तर त्यस्तो होइन ।

विश्वको कुन जनसंख्या मध्य एक चौथाई भाग बिहान उठ्न मन पराउछन् । अनुसन्धानका अनुसार बिहान छिटो उठ्ने व्यक्ति धेरै सहयोगी व्यवहार भएका हुन्छन् । उनीहरु कुनैपनि घटनाको सहि विश्लेषण गर्न सक्छन् । 

त्यस्तै राति अबेरसम्म नसुत्ने व्यक्तिको कल्पनाशिलता धेरै हुन्छ र धेरै एक्लै समय बिताउन मन पराउँछन् ।

बिहान छिटो उठ्नुको फाइदा

बिहान छिटो उठ्ने मानिसहरु आत्मप्रेरित हुने कुरा धेरैपटक अनुसन्धानले प्रमाणित गरिसकेको छ । उनीहरु लगातार काम गर्न मन पराउँछन् साथै जिवनको लक्ष्य पनि ठुलो राख्छन् र भविष्यको योजना राम्रो बनाउँछन् ।

बिहानै उठ्नेहरु आफ्नो स्वस्थको पनि राम्रो ख्याल राख्छन् र राति अबेरसम्म बस्ने मानिसको भन्दा कम मध्यपान गर्छन् । त्यस्ता व्यक्ति डिप्रेसनको कम मात्रामा शिकार हुन्छन् ।

राती छिटो नसुत्ने मानिसको सम्झन सक्ने शक्ति बलियो हुन्छ र छिटो सुत्ने मानिस भन्दा बुद्दिमान पनि हुन्छन् । कुनै नयाँ कामको सुरुवात गर्ने कुरामा उनीहरु खुला दिमागले काम गर्छन् ।

रति ढिला सुते पनि मानिसहरु छिटो सुत्ने बानि भएका जस्तै स्वस्थ, धनवान र ज्ञानी हुन्छन् ।

बिहान सबेरै उठ्ने टार्गेट बनाउनुमा कुनै फाइदा नहुने कुरा अनुसन्धानबाट पुष्टि भएको छ । यदि कसैलाई अली धेरै सुत्न मन पर्छ भने सुत्दा केहि असर नपर्ने वैज्ञानिकहरु बताउँछन् ।

अक्सफोर्ड यूनिभर्सिटीकी वैज्ञानिक केथरीना वुल्फ भन्छिन् हरेक मानिसको शरिरमा एउटा प्राकृतिक घडी हुन्छ जुन मानिसको निन्द्रा र सुत्ने र उठ्ने त्यही हिसाबले चल्छ । यसलाई सिर्कडियन क्लक भनिन्छ । यही घडीको हिसाबले हाम्रो शरीरको सुत्ने र उठ्ने व्यवहार र मुड निर्भर हुन्छ ।

जबर्जस्ती बिहान उठ्दा नोक्सान हुन्छ

यदी मानिसको बडी क्लकको विरुद्धमा जवर्जस्ती बिहान उठ्ने या राति ढिलासम्म उठ्ने काम गर्यो भने त्यसले शरिरलाई हानि पुर्याउछ ।

उनी भन्छिन्, "शरीरलाई कुनैपनि कार्यमा जबर्जस्ति गर्दा उल्टै हानि हुन्छ । शरीरलाई सिर्कडियन क्लक मतलब शरीरको जैविक घडीको हिसाबले चल्न दिनु पर्छ अनि मात्र शरीरको परफर्मेन्स राम्रो हुन्छ ।"

राती ढिलासम्म जागै बस्ने शरीरलाई बिहान छिटो उठ्न जवर्जस्ती गर्यो भने शरीरमा आलस्यता हुन्छ । काम गर्न पनि मन लाग्दैन र दिमागको पनि सहि सदुपयोग गर्न सक्दैनन् । त्यसो गर्दा शरीरको तौल पनि बढी हुन्छ र स्वस्थ्य पनि खराब हुन्छ । 

केथरीना वुल्फ भन्छिन् बिहान सबेरै उठ्ने र राति अबेरसम्म नसुत्ने बानि मानिसलाई आफ्नो आमा बुवाबाट पनि मिलेको हुन्छ । यो मानिसको डिएनएबाट प्राप्त हुन्छ, यसले मानिस छिटो उठ्ने वा रति अबेरसम्म नसुत्ने बानी कस्तो हुन्छ तय गर्छ ।

मानिसको उमेर अनुसार पनि बानी परिवर्तन हुन्छ, बाल्यकालमा प्राय बच्चा बिहान छिटो उठ्छन् भने २० वर्ष पुगेपछि अबेर सम्म सुत्ने बानि हुन्छ र राति पनि छिटो निन्द्रा लाग्दैन । २५ वर्ष पुगेपछि फेरी बिहान छिटो उठ्ने बानि लाग्छ ।

रातभर जागै हुने मानिस पनि सफल हुन्छन् । बिहान उठ्ने मानिस मात्र जीवनमा सफल हुन्छन् भन्ने छैन । बक्स कम्पनीको सीईओ आरोन लेवी, बजफिडको सीईओ जोनाह पेरेटी, आयरल्यान्डका उपन्यासकार जेम्स जोयस, अमेरिकी लेखिका गर्ट्रूडे स्टेन, फ्रेन्च उपन्यासकार गुस्ताव फ्लोबर्ट यी सबै राति अबेरसम्म जागै हुन्थे र बिहान पनि ढिला उठ्थे ।

विश्वमा अहिलेसम्म कहिँ पनि यो प्रमाणित भएको छैन कि बिहान सबेरै उठ्ने मानिस जीवनमा सफल हुन्छन् र यो सफलताको कारण हो । मानिसको शरीरको हरमन प्राय शरीरको प्राकृतिक घडी मतलब बडी क्लकको हिसाबले निस्कासन हुन्छ ।

नियमित बानीलाई परिवर्तन गर्दा हर्मनको तालमेल बिग्रिन्छ किनभने राति ढिला सुत्ने मानिस यदी बिहान छिटो उठ्यो भने उक्त व्यक्तिको शरीरलाई मानिस सुतिरहेको लाग्छ र शरीरमा हर्मन ढिलो निस्कासन हुन्छ जसले स्वस्थ्यमा नराम्रो असर पर्छ ।

तर विश्वमा राति ढिला सुत्ने र बिहान पख अबेर उठ्नेलाई अल्छि, कमजोर र बिग्रिएको भनिन्छ त्यसैले धेरै जसो मानिसहरु बिहान छिटो उठ्ने कोसिस गर्छन् ।

बिहान सबेरै उठ्नुको धेरै फाइदा छन्, शरीरलाई प्राकृतिक प्रकाश प्राप्त हुन्छ जसले शरीरलाई भिटामिन-डी को आपूर्ति पूर्ण गर्छ र धेरै काम छिटो सकिन्छ । तर यदी तपाइलाई बिहान सुत्न मज्जा लाग्छ भने सिरक तान्नुहोस् र आरामले सुत्नुहोस् ।

(बीबीसीबाट भावानुवाद)
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै