• २०८१ बैशाख ८ शनिबार

सलमानको दबंग-३ को गीत विवादमा, बहिष्कार गर्न अभियान

kharibot

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानको अहिले सामाजिक संजालमा निकै विरोध भाइरल भईरहेको छ । सामाजिक संजालमा साधु सन्तको अपमान गरेको भन्दै सलमानको नयाँ फिल्म दबंग-३ को "हुड हुड दबंग" बोलको गीत बहिष्कार गर्ने अभियान चलाइएको छ । 

सलमान खानको फिल्म दबंग-२ आउदो डिसेम्बरको अन्तिम साता रिलिज हुदै छ । रिलीज अगाडी दबंग-३ को 'हुड़ हुड़ दबंग..'  गीतले विवाद सिर्जना गरेको छ । अहिले सामाजिक संजाल ट्विटरमा यहि गीतको विषयलाइ लिएर #बाइकटदबंगथ्री ट्रेन्डिंगमा रहेको छ । 

 यस अब्र्श्को सर्वाधिक प्रतिक्षित फिल्म मध्येको एक दबंग-३ हेर्न सलमानका फ्यानहारु आतुर रहेको बेला फिल्म विवादमा परेको हो । हिन्दु जन जागृति समितिले उक्त गीतमाथि आपत्ति जनाउदै यसलाई हटाउन माग गरेको छ । गीतमा साधू-सन्तलाई नाचेको र गाएको देखाइएको कारण सो समितिले गीतको विरोध गरेको बताएको छ । यसले धर्मको अपमान भएको आरोप लगाइएको छ । 

प्रभुदेभाद्वारा निर्देशित दबंग-३ सलमान खान फिल्म्सको ब्यानरमा बनेको छ। यो फिल्ममा  सलमान खानको  साथमा सोनाक्षी सिन्हा, किच्चा सुदीप र साई मान्जरेकर जस्ता कलाकार मुख्य भूमिकामा देखिन्छन् ।

फिल्म २० डिसेम्बर २०१९ मा रिलिज हुदै छ भने हिन्दीसहित अन्य तीन भाषामा रिलिज हुदै छ । 

'हुड हुड दबंग' बोलको गीत :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै