अफगानिस्तानमाथि वेस्टइन्डिजको सहज जित, कोर्नवालले लिए १० विकेट

खरीबोट

काठमाडौं । वेस्टइन्डिजले अफगानिस्तानविरुद्धको टेस्ट खेल जितेको छ ।

भारतको लखनउमा सम्पन्न खेलमा वेस्टइन्डिजले टेस्टको तेस्रो दिनमै अफगानिस्तानमाथि ९ विकेटको जित हासिल गरेको छ ।

अफगानिस्तानले दिएको केवल ३१ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले एक विकेट गुमाउदै लक्ष्य पुरा गरेर ९ विकेटको जित हासिल गरेको हो । अफगानिस्तान दोस्रो इनिंगमा १२० रन मात्र बनाएर अल आउट भएपछि वेस्टइन्डिजले ३१ रनको लक्ष्य पाएको थियो ।

अफगानिस्तानले पहिलो इनिंगमा १८७ रन बनाएको थियो भने वेस्टइन्डिजले पहिलो इनिंगमा २७७ रन बनाएको थियो ।

प्रतियोगितामा कुल १० विकेट लिएका १४० किलोका रहकीम कोर्नवाल खेलको प्लेयर अफ द म्याच बनेका छन् । कोर्नवालले पहिलो इनिंगमा ७ विकेट लिएका थिए भने दोस्रो इनिंगमा ३ विकेट लिएका थिए ।   
 

सम्बन्धित समाचार

श्रीलङ्काली टेस्ट क्रिकेट टोली दश वर्षपछि पाकिस्तान भ्रमणमा

रावलपिन्डी । श्रीलङ्काको टेस्ट क्रिकेट टोली १० वर्षपछि पहिलो पटक पाकिस्तानको भ्रमणमा आएको छ। श्रीलङ्काको क्रिकेट टोलीमाथि सन् २००९ मा पाकिस्तानमा भएको आतङ्ककारी आक्रमणपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पहिलो पटक सोमबार

अस्ट्रेलियाद्वारा पाकिस्तानविरुद्धको टेस्ट सिरिज क्लिन स्वीप

काठमाडौं । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट इनिंग र ४८ रनले जित हासिल गर्दै सिरिजमा २-० ले क्लिन स्वीप गरेको छ । पाकिस्तान दोस्रो इनिंगमा २३९ रन बनाएर अल आउट भएपछि

अस्ट्रेलियाविरुद्ध पाकिस्तान फलोअनमा

काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानलाई जारी टेस्ट खेलमा फलो अन दिएको छ । दोस्रो टेस्टको तेस्रो दिन आज पाकिस्तानले आफ्नो पहिलो इनिंगमा ३०२ रन बनाएर अल आउट भएपछि अस्ट्रेलिया भन्दा अझै २८७

पाकिस्तानविरुद्ध डेविड वार्नरको कीर्तिमानी तेहोरो शतक

काठमाडौँ । अस्ट्रेलियाका ब्याट्सम्यानद्वय डेविड वार्नरले पाकिस्तानविरुद्धको टेस्टमा तेहोरो शतक प्रहार गरेका छन् । वार्नरले टेस्टको दोस्रो दिन आफ्नो क्यारियर पहिलो टेस्ट तेहोरो शतक प्रहार गरेका हुन् । वार्नरले यस अघि


z