बलिवुड सेलिब्रेटीका कस्ता कस्ता उपनाम !

खरीबोट

मुम्बई । प्रियंका चोपडा जोनस र निक जोनसको प्रेम पुरै संसारमा चर्चाको विषय बनेको छ । सोसियल मीडियामा दुवै एक-अर्काको बारेमा कुरा गर्छन् । प्रियंकाले भर्खरै मात्र आफ्नो श्रीमान निकको उपनाम बताएकी थिइन् । उक्त पोस्टमा उनले आफ्नो श्रीमानलाई बाबु भनेर बोलाउने गरेको बताएकी थिइन् । 

यस्ता अरु थुपै कलाकार छन् जसको उपनाम आफ्नो नाम भन्दा पनि प्रख्यात छन् । कतिपयको उपनाम त कसैलाई थाहा छैन । यस रिपोर्टमा बलिवुडका केहि सेलिब्रेटीहरुको उपनाम बारे जानकारी दिदै छौ ।

अहिलेकी चर्चित बलिवुड अभिनेत्री आलिया भट्टको उपनाम 'आलू' हो । त्यस्तै बलिवुडबाट हलिवुडमा जमिसकेकी अभिनेत्री प्रियंका चोपडाको परिवार र साथीहरु उनलाई 'मिमि' उपनामले बोलाउने गर्दछन् ।  

त्यस्तै अहिले साइना नेहवालको बायोपिकमा बन्ने फिल्ममा व्यस्त रहेकी अभिनेत्री परिणीति चोपडाको उपनाम 'टिशा' हो । 

कपूर खानदाकी नायिका करीना कपूर र करिश्मा कपूरको उपनाम त प्राय सबैलाई थाहा छ, करीना कपूरको उपनाम 'बेबो' र करिश्माको 'लोलो' हो । 

त्यस्तै अहिलेकी अर्की चर्चित अभिनेत्री श्रद्धा कपूरको उपनाम 'चिरकुट' हो । त्यस्तो अभिनेत्री सोनम कपूरको उपनाम 'जिराफ' हो ।

बलिवुडमा एक समयकी चर्चित अभिनेत्री बिपाशा बासुको उपनाम 'बोनी' हो ।

बलिवुड आफुभन्दा बढी उमेरकी अभिनेत्री तथा मोडल मलाइकासँगको अफ्येर्सका कारण पछिल्लो समय चर्चामा रहेका अभिनेता अर्जुन कपूरको उपनाम 'फुबू' हो । त्यस्तै अभिनेता ऋतिक रोशनको उपनाम 'गुड्डु' हो ।

त्यस्तै चर्चित निर्माता निर्देशक करन जोहरलाई 'केजो' उपनामले बोलाइन्छ भने अभिनेते रणवीर सिंहललाई 'राम्बो' उपनामले बोलाउने गरिन्छ ।  

बलिवुडका किंग खान शाहरुख खानलाई उनका नजिकका साथीहरुले 'एसआरके' नामले बोलाउने गर्दछन् । त्यस्तै कबीर खान फेम अभिनेता शाहिद कपुरलाई 'साशा' उपनामले बोलाइन्छ भने अक्षयकुमारलाई 'राजु' नामले पनि बोलाइन्छ ।
  
 

सम्बन्धित समाचार

नताशाको प्रेममा परे हार्दिक पाण्डेय !

मुम्बई । भारतमा बलिवुडकी अभिनेत्री र क्रिकेटरबीचको रोमान्स निकै पुरानो रहेको छ । कैयौ क्रिकेटरले अभिनेत्रीहरुसँग गरेको रोमान्स सधै समाचारको विषय बनिरहेको हुन्छ । यसै बीच पछिल्लो पटक क्रिकेटर हार्दिक

गुगल सर्चमा कवीर सिंह शिर्ष स्थानमा

मुम्बई । बलिवुडमा यस अब्र्ष रिलिज भएको फिल्म कवीर सिंहले सफलताको झण्डा गाड्ने क्रम अहिले पनि जारी रहेको छ । बक्स अफिसमा शनादर कमाई गरेको कवीर सिंह अब गुगलको सर्च

अर्जुन रेड्डी फेम अभिनेत्री शालिनीको बलिवुडमा रणवीरको अपोजिट डेभ्यु

मुम्बई । तेलुगु फिल्मको ब्लकबस्टर फिल्म अर्जुन रेड्डीले हरेक किसिमबाट बलिवुडमा आफ्नो प्रभाव देखाउदै गरेको छ । केहि महिना अघि फिल्म कवीर सिंहले बक्स अफिसमा सफलताको झन्डा गाडेपछि अब अर्जुन

एसिड पिडितको भूमिकामा दीपिका, यस्तो आयो ट्रेलर

मुम्बई । बलिवुड अभिनेत्री दीपिका पदुकोनेको एक बर्षपछि नयाँ फिल्म 'छपाक' को ट्रेलर सार्वजनिक भएको छ । मेघना गुल्जारको निर्देशनमा बन्न लागेको फिल्म छपाकमा दीपिकाले एसिड पिडित महिला लक्ष्मी अग्रवालको भूमिका


z